Featured Post Today
print this page
Latest Post

मित्रता यो हाम्रो नछुटोस कहिल्यै !

शुरेस कौसल
पोखरा 

मित्रता यो हाम्रो नछुटोस कहिल्यै !
समय ले ख़ुशी नलुटोस कहिल्यै !!

अनन्त रहोस भावनाको साइनो !
बिच सफ़र मा नटुटोस कहिल्यै !!

हिमाल झैं अटल हुनु पर्छ बिस्वास !
अब त्यो भरोसा नउठोस कहिल्यै !!

आपसमा भ्रम को दरार बनी हाम्रो !
सिसा सरी नाता नफुटोस कहिल्यै !!



शुरेस कौसल ...


पोखरा 

 Rabin Pradhan Pratik and राज कंडेल निरास.

posted by हरि सिंह माल "मुस्कान"
0 comments

भेट्यौं यहि दौरानमा छुट्ने छैनौँ अब हामि !

रबिन प्रधान "प्रतिक"
खोटाङ् 
भेट्यौं यहि दौरानमा छुट्ने छैनौँ अब हामि !
एक भई सकेको छौं फुट्ने छैनौँ अब हामि !!

दैबले नै जुराएको मित्रताको सम्बन्ध यो !
ज्यान जाला तर कैले टुट्ने छैनौँ अब हामि !!

जति जे छ सम्झनामा उनि दिन्छु यादहरु !
कुनै पल फेरी पनि जुट्ने छैनौँ अब हामि !!

कामना छ सधैँ भरि नाता यस्तै भई रहोस !
आपसमा कैले खुसि लुट्ने छैनौँ अब हामि !!

रबिन प्रधान "प्रतिक"
खोटाङ् 
 शुरेस कौसलराज कंडेल निरास
posted by हरि सिंह माल "मुस्कान"
1 comments

रुप मात्र हेर्छन अचेल,तन कहा पाइन्छ होला |

मिना पुमा राई
खोटाङ् दिप्लुंग 
रुप मात्र हेर्छन अचेल,तन कहा पाइन्छ होला |
मन संग मिल्ने एउटा,मन कहा पाइन्छ होला ||

सुन्दरतार रंगिनामा,भुल्छन किन मान्छेहरु |
आफ्नै रुपको बर्णन,गर्ने पन कहा पाइन्छ
होला ||

खोज़िराछु एस्तो मोह,जसले मलाई बुझ्न सकोस |
सोच्छ भाब निश्चल चेन,भन कहा पाइन्छ
होला ||

हेरी हेरी झुप मेरो,हास्छन कहीं खित्का छोडी |
टल्की रहने किरिम,किन्ने धन कहा पाइन्छ
होला ||

मिना पुमा राई
खोटाङ्दिप्लुंग
posted by हरि सिंह माल "मुस्कान"
2 comments

बास माग्न आएको थे घर छैन भन्यौ तिम्ले !

हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर .बैतडी 

बास माग्न आएको थे घर छैन भन्यौ तिम्ले !
साइनो जोड्न आए थर छैन भन्यौ तिम्ले !!

खुसी भई घरै छोडी तिमीलाई भेट्न आउदा !
सधै बस्ने चौतारीमा बर छैन भन्यौ तिम्ले !!

माया पिरती लाएको थे जुनी संगै बिताउने !
मुटु भित्र राख्न खोज्दा भर छैन भन्यौ तिम्ले !!

व्यर्थै आशा किन लाग्छा नपाउने मायालुको !
अजम्बरी नाता नतोडी धर छैन भन्यौ तिम्ले !!

मुटु अनि धड्कन भित्र सजाएर राखेको थे !
पराईको हात थामी डर छैन भन्यौ तिम्ले !!

हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी

0 comments

आज भोलि शरमले झुकेको छ शिर

कोमल भट्ट
नैकाप काठमाडौँ 

आज भोलि शरमले झुकेको छ शिर
बिनसित्ती चोरी गर्दा लुकेको छ शिर

लुकाएको सत्य-तथ्य सबै सामू आउंदा
ओठ,मुख,तालु समेत् सुकेको छ शिर

के गर्नु र बुद्धि विवेक भ्रष्ट भए पछि
यस्तो लाग्छ संसारले थुकेको छ शिर

बरु आफ्नो क्षमतामा चित्त बुझाएर
बसेको भे हुन्थ्यो होला चुकेको छ शिर

ऐले सम्म जे भएनी हुन्न अब भन्दै
माफी माग्नु पर्ला भनी ढुकेको छ शिर

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
posted by हरि सिंह माल "मुस्कान"

0 comments

तिम्रो नाममा धेरै लेखे अब लेख्दिन

आरति अधिकारी
इटहरी 
तिम्रो नाममा धेरै लेखे अब लेख्दिन 
आफ्नो खुसि गर तिम्रो बाटो छेक्दीन 

एक्लै बस्छु तिम्ले बरु अन्तै रोजे नि 
मृत्यु रोज्छु.... पराइको संघार टेक्दीन 

भुल्ने कोसिस नगरेको हैन मैले पनि 
नजर खोल्छु तिमि भन्दा अरु देख्दिन 

चुहाएर अश्रुधारा भिजेका यी नयनलाइ 
पराइको पछेउरी मा कैले सेक्दीन

तिम्रै यादमा सारा जीवन काट्छु रोएरै
संगालेर राक्छु चिठी फोटो फेक्दीन





आरति अधिकारी 


इटहरी 


posted by हरि सिंह माल "मुस्कान"
0 comments

ढकमक्क फूलसरी फूल्न पाए कस्तो हुन्थ्यो ,

शान्ति अधिकारी
बाँके 

ढकमक्क फूलसरी फूल्न पाए कस्तो हुन्थ्यो ,
मायालुको सम्झनामा भुल्न पाए कस्तो हुन्थ्यो ।
मन भित्र बन्दि भ का चाहना र ईच्छाहरुलाई,
छताछुल्ल पार्दै सामु खुल्न पाए कस्तो हुन्थ्यो ।
दुई ज्यान भए पनि मन मुटु एक बनाउदै ,
पानि भित्र चिनि जस्तै घुल्न पाए कस्तो हुन्थ्यो ।
मन भित्र कल्पनाका बनेका छन् महलहरु,
माया सगँ खुसी बाडि डुल्न पाए कस्तो हुन्थ्यो ।
यो मायाको ऋण बोकाई ब्याज माथि स्याज जोड्दै,
उनको पुरा जिन्दगि नै अशुल्न पाए कस्तो हुन्थ्यो ।

शान्ति अधिकारी 
बाँके 
posted by हरि सिंह माल "मुस्कान"
0 comments

जोडेका नाताहरु तोडेर जादैछु ।

"गजल सिङ्गर महेश"

अर्घाखांची
जोडेका नाताहरु तोडेर जादैछु ।
मायाका यादहरु फोडेर जादैछु ॥

नजिक नजिक आइसक्यो म मर्ने बेला...
संसार नै दाइजो छोडेर जादैछु ॥

जितको बदलामा हार हुदाँ जिबनमा...
यो दिललाई अन्तै मोडेर जादैछु ॥

बाँच्छु कि भन्ने रहर छ अझैपनि ।
सही हो कि गलत डर छ अझैपनि ॥


"गजल सिङ्गर महेश"

अर्घाखांची

posted by हरि सिंह माल "मुस्कान"
0 comments

मर्नु बाँच्नुको दोसाँदमा पुर्याएर गयौ

नीरस मैनाली
काठमाडौँ 

मर्नु बाँच्नुको दोसाँदमा पुर्याएर गयौ
आफूबाट धेरै टाढा हुर्याएर गयौ

माया गर्थें आफै भन्दा बढी तिमीलाई
तर किन हाम्रो माया तुर्याएर गयौ

फक्रिन के खोजेकोथ्यो उखालेरै जरो
कलिलैमा बोट फेरी झुर्याएर गयौ

आरिसे ति जल्थे देखि हाम्रो माया प्रिती
उनिहरुकै सामुन्नेमा घुर्याएर गयौ

तिमीले नै भन्या भए आफै टाढा हुन्थें
'नीरस' पिट्न अर्कैलाई सुर्याएर गयौ

नीरस मैनाली 
काठमाडौँ 

posted by हरि सिंह माल "मुस्कान"
0 comments

महिनौ देखि यो फोटोमा जलेकोछु म।

तिलक अनुरागी
झापा 
महिनौ देखि यो फोटोमा जलेकोछु म।
बाहिर सक्लो तर भित्र गलेको छु म।

नजरको वाणले मेरो मुटु छेद गर्दा ।
बुढो रुख ढले सरी ढलेको छु म।

सपनिमा झल्झलि उनको यादले।
विच्छ्यौनामा धेरै चोटि चलेकोछु म।

रुप चोखो मनै चोखो पवित्रछ मन।
मन्द मुस्कान लाली ओठले बलेकोछु म।

तिलक अनुरागी
झापाःतोपगाछि


posted by हरि सिंह माल "मुस्कान"
0 comments

बसाई त्यतै सर्छु भने झनै टाढा हुदै गयौ ,

शान्ति अधिकारी
बाँके 

बसाई त्यतै सर्छु भने झनै टाढा हुदै गयौ ,
मायाले मन भर्छु भने झनै टाढा हुदै गयौ ।
तर्किएर हिड्यो सधै मन भरी पिडा लुकाई,
तिम्लाई बिश्वास गर्छु भने झनै टाढा हुदै गयौ ।
आत्मबिश्वास गुमाएर भौतारीदै हिडेका छौ,
ज्यानकै भर पर्छु भने झनै टाढा हुदै गयौ ।
उर्लिएका नाउदी पाउदी तर्नु पर्यो भने तिम्रै,
हात समाई तर्छु भने झनै टाढा हुदै गयौ ।
बाँचुन्जेल जिन्दगीका आँधि तुफान सगँ लड्दै,
तिमै साथमा मर्छु भने झनै टाढा हुदै गयौ ।
शान्ति अधिकारी 
बाँकेposted by हरि सिंह माल "मुस्कान"
0 comments

धेरै लेखियो भावना गजलमा

अस्मि जी एम
पोखरा 
धेरै लेखियो भावना गजलमा 
गर्दै अनेकौं भर्सना गजलमा 

पार्दै ब्याकुल कहिले मन शान्ता 
हेर्नु हेरियो जोखना गजलमा

कहिल्यै आँखा खुलेन जनताको
ब्यर्थै छरियो चेतना गजलमा

कन्याई आफ्नै उँडाइ छारो ज्युको
कोरियो लाखौँ बेदना गजलमा

नबुझ्दा शक्ति जनले कलमको
बेकार भो थोप्नु रचना गजलमा

रात् भरि करायो दक्षिणा हरायो
मेटियो रम्ने चाहना गजलमा!!


अस्मि जी एम 


पोखरा 


posted by हरि सिंह माल "मुस्कान"
0 comments

हाम्रो देशका नेतालाई लड्न पाए भैगो

कोमल भट्ट
काठमाडौँ 
हाम्रो देशका नेतालाई लड्न पाए भैगो 
जसरी नि कुर्सी माथि अड्न पाए भैगो

काग जति कराउंछ पिना सुक्दै जान्छ
महँगा र राम्रा वाहन चड्न पाए भैगो

जनताको के को वास्ता जे भएता पनि 
दिन दिनै नगद मौज्दात बड्न पाए भैगो 

बनाएर आठ दस ओटा गगनचुम्बी घर
चारै तिर चिल्ला पत्थर जड्न पाए भैगो

किन गर्नु सुधार यहाँ शैक्षिक क्षेत्रलाई
आफ्ना सन्तान बिदेशमा पढ्न पाए भैगो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
2 comments

गरी लाठिमङ्ग्री सधैँ लिन्छु चन्दा

भक्ति प्रसाद पौडयाल
बिराटनगर 

गरी लाठिमङ्ग्री सधैँ लिन्छु चन्दा
सधैँ साँझमा मित्रकै पर्छु फन्दा

म आफन्तले पुल्पुल्याएर हुर्केँ
कहाँ सिक्नु त्यो जिन्दगी चल्ने धन्दा

सधैँ एउटा मात्रले हुन्छ के नै
चिरी पेट सारा निकालुँ कि अन्डा

बिचारा छिमेकी सधै नै डकर्मी
सधैँ कुर्सी टेबुल घसेको छ रन्दा

मेरो एक साथी घट्यो आजभोलि
पर्यो आफु खाडल अरूलाई खन्दा

म पोस्छु हुल्याहा , लुटी दाजुभाइ
जमाना नि जान्ने छ कोही मभन्दा ?

 भक्ति प्रसाद पौडयाल 
बिराटनगर 
posted by हरि सिंह माल "मुस्कान"
0 comments

कथा कविता लेख्दै जादा केही गजल बने ....

शान्ति पाख्रिन
नुवाकोट 
कथा कविता लेख्दै जादा केही गजल बने
कुनै गजल बने तर कुनै चाही असल बने

प्रेम जिबन देश लेखे कुनै नारीकानी लेखे
कुनै सुजाब बने भने कुनै एक पसल बने

चाहें सबैको मन भित्र खुसी छर्दै रहनलाइ
कहिँ बिफल भए तर कहिँचाइ सफल बने

सानो कलम भनी सबै हेप्ने गर्थे सधैभरी 
कोरे नेपाल यसैले नै अनि देश अटल बने

धनि गरीब जातजाति सबै एकै नपाली हुन्
कुनै गुलाफ बनी फुले कुनै भने कमल बने

शान्ति पाख्रिन 
त्रिसुली ८ नुवाकोट 
posted by हरि सिंह माल "मुस्कान"


0 comments

सगरमाथा शिर नेपालीको ......

गोबिन्द चन्द सोडारी "समर्पण"अछाम 

सगरमाथा शिर नेपालीको
देश जोगाउने पिर नेपालीको

सानो भनेर हेप्छन नेपाली लाई 
गौरव गर्छु विर नेपालीको

नालापानी मा कति मरे योद्धाहरु 
श्रद्धा गर्छु चिर नेपालीको

गौतम बुद्ध को देशमा अशान्ति 
यो कस्तो तक्दिर नेपालीको

झुक्दैन शिर मरेर गएपनि 
पुर्थक छ शरीर नेपालीको

गोबिन्द चन्द सोडारी "समर्पण"
kalagaun 6
अछाम 
हाल -टिकापुर कैलाली..
Posted by हरि सिंह माल "मुस्कान" 
0 comments

को दिन्छ जबाफ सबाल मात्र देख्छु म

जीतु खड्का गाउले मोरङ उर्लाबारी 

को दिन्छ जबाफ सबाल मात्र देख्छु म
सबैको आँखामा आहाल मात्र देख्छु म||
किसानको छोरा उ थाकेन जोतेर हलो
उसैको घरमा अनिकाल मात्र देख्छु म||

जलेरै खरानी हुने भो यो गाउ बस्ती
सबैको हातमा मसाल मात्र देख्छु म||

देखेर सपना झस्कन्छु हर रातमा
टुक्रदै गरेको नेपाल मात्र देख्छु म||

मौलाउदै गरेको खेती भो गजल यहाँ
सिकाउने गुरुकै संन्जाल मात्र देख्छु म||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
 posted by हरि सिंह माल "मुस्कान"
2 comments

मेरी आमा एका'देशको कथा सुनाउछिन

गजलप्रेमी औसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई-९ शिखरपानि मकवानपुर
हाल- दोहा कतार !

मेरी आमा एका'देशको कथा सुनाउछिन
गाउँ ठाउं र परिभेष्को कथा सुनाउछिन !

जब म जन्मिए यहाँ फुटेको कर्म लिएर
तब दुख र ठेसै-ठेश्को कथा सुनाउछिन!
मलाई काख्मा राखी टाउको सुम्सुम्याउछिन
आँखा बन्द गरी केशको कथा सुनाउछिन !
अर्ती बुद्दी दिदै ज्ञान गुणका कुरा निकाल्दै
भृकुटी सीता विशेषको कथा सुनाउछिन !

सत्य बोल राम्रो गर नडराउ कसै संग
भन्दै कंसा जस्ता राक्षस्'को कथा सुनाउछिन !
---------------------------------
गजलप्रेमी औसीकोरातमा इन्द्रमान आत्मा
चुरियामाई-९ शिखरपानि मकवानपुर
हाल- दोहा कतार !
posted by हरि सिंह माल "मुस्कान"
0 comments

मेरो नाम त्यो दिल्मा नलेख्नु है बिन्ति

मिना पुमा राई  
खोटाङ् ,दिप्लुंग 
मेरो नाम त्यो दिल्मा नलेख्नु है बिन्ति
कल्पनामा मिठो सप्ना नदेख्नु है बिन्ति

बिबस्ताको भुमरिमा रुमलिए आज फेरी
दुखाएर मन कहिले नरेट्नु है बिन्ति

अभाब हुँदा साथ मेरो दुख्छ होला तन्
उदाएका नाया सप्ना नछेक्नु है बिन्ती

बाद्यताको परिधिमा कुल्चिएकी छु म
भेटे चुक्छ दुख्छ मुटु नभेट्नु है बिन्ती

मिना पुमा राई  
खोटाङ् ,दिप्लुंग 

Posted by हरि सिंह माल मुस्कान"
2 comments

खरले छा को थ्यो कटेरी एक बर्षमै चुनि भयो ,


     शान्ति अधिकारी , बाँके 


खरले छा को थ्यो कटेरी एक बर्षमै चुनि भयो ,
त्यहि छानो हेरी हेरी वर्षा भरी रुनि भयो ।

आफ्नै सन्तान हेर्दा हेर्दै हत्यारा र खुनि भयो ।
सिङ्गो देश फेरी आज टुक्रा टुक्रा हुनि भयो ।

छाति पिटी पिटी रुदै आँशुले मुख धुनि भयो ।
आफ्नै कारण शिर देशको माथि हैन मुनि भयो ।

आशा थियो राम्रो काम गर्दै नाम राख्छौ भन्ने,
पुर्खाको त्यो बिरतालाई गलत अर्थ लगाउदा ,

मेची ,काली गण्डकीको पानि सरी रगत बग्दा,
तराई मधेश पहाड त्यो हिसांले नै आक्रान्त भै,
शान्ति अधिकारी 
बाँके 
posted by हरि सिंह माल "मुस्कान"
0 comments

त्यो तितो अतितका कहानि थुप्रै छन..!!

लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम
त्यो तितो अतितका कहानि थुप्रै छन..!!
आँशुले भिजेका सिरानि थुप्रै छन..!!

म, म भित्रै कुण्ठित छुँ वियोगमा..
यदपि सुनौला विहानि थुप्रै छन..!!

बल्झिन्छन घाउ, तिमीले छोडेका..
मुटुमा खत र निशानि थुप्रै छन..!!

म पनि हुँ तिमी मात्र होईनौ दोषि..
साँच्चै प्रेममा बैमानि थुप्रै छन..!!

मायाका भोका 'मिलन' को हालतमा..
विछोडमा जलेर खरानि थुप्रै छन..!!

लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम
हाल- मुम्बई


posted by हरि सिंह माल "मुस्कान"
0 comments

गाउँमा किन मेरो नामै भएन॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
गाउँमा किन मेरो नामै भएन॥
खरानी घसेर नि कामै भएन॥

पैसाको खेल खेल्ने यो समजमा॥
परिचित हुनलाई दामै भएन॥

जुलुस निकालेर हिड्ने मान्छेको॥
बाटोमा हिजो आज लामै भएन॥


स्वर मच्चाएको थेँ मैले पनी त॥
तर खै किन चक्का जामै भएन॥

सँसार कलियुग पापमा डुब्दा॥
धार्मिक स्थल पनि धामै भएन॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम


posted by हरि सिंह माल "मुस्कान"
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger