Featured Post Today
print this page
Latest Post

संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला ........

संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला !
 हरि सिंह माल "मुस्कान" 
गोकुलेश्वर ,बैतडी  
जीवनमा एक्लै छोडे धुरुधुरु रुन्छु होला !!

देउरालीको बर साक्षी फूलपाती चढाएर !
खाएका कसम तोडे धुरुधुरु रुन्छु होला !!

दुई आत्माको मिलन रैछ हाम्रो माया भनी !जोडिएको मुटु फोडे  धुरुधुरु  रुन्छु होला !!

सयौ जुनी संगै मर्ने संगै बाँच्ने भनीकन !
पराइको बारी गोडे धुरुधुरु रुन्छु होला !!

उकालीको चौतारीमा हात थामी संगै जादा !
अर्कै खोजी नाता जोडे धुरुधुरु रुन्छु होला !!

 हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर ,बैतडी
सुन्दर सुदुर पश्चिम 
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger