गजल .......मनको घाउ दुखेको बेला झर्केर नहेर !

गजल
हरि सिंह माल “मुस्कान”
   गोकुलेश्वर , बैतडी
  सुन्दर सुदुर पश्चिम
मनको घाउ दुखेको बेला झर्केर नहेर !
बिचमै एक्लै छोडेर गयौ फर्केर नहेर !!

अतित सम्झी आएको थिए घरको छेउमै !
बाटैमा भेट्दा यसरी आँखा तर्केर नहेर !!

भुलेछौ प्रिया बसेका सबै गाउँका पखेरा !
मारेर माया गएसी अब पर्खेर नहेर !!

अर्कैको हात सिउदो रातै भरेर गएछौ !
ओडेको घुम्टो उघारी अब सर्केर नहेर !!


Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger