Featured Post Today
print this page
Latest Post

पिउने तिमी पिलाउने दाता खोज्नु पर्यो ,

पिउने तिमी पिलाउने दाता खोज्नु पर्यो ,
शान्ति अधिकारी बाके २०६९
सबै कुरा मिलाउने दाता खोज्नु पर्यो ।
टर्रो बोलि व्यवहारले मनै फाटि सक्यो , त्यही मन सिलाउने दाता खोज्नु पर्यो ।
परीश्रम गरे खेती हुन्छ भन्दै थिए , पाखो बारी जिलाउने दाता खोज्नु पर्यो ।
आन्तरीक द्धन्द भित्र पिल्सि बसेकालाई , अधिकार दिलाउने दाता खोज्नु पर्यो ।
सधै रुदै बाँचेकालाई 'शान्ति' दिए पछि , असिना झै बिलाउने दाता खोज्नु पर्यो ।

शान्ति अधिकारी बाके २०६९
0 comments

ओइलायो फुल चारै तिर झार छ आज

ओइलायो फुल चारै तिर झार छ आज !
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

किन किन खै मन यो मन दोधार छ आज !!

मुखमा राम बगलीमा छुरा भिर्ने भिड भित्र ! रोमालिए केवल आशा आधार छ आज !!

भनाइ र गराई मा आकाश पाताल फरक भेटे ! म हिड्ने बाटोमा तरवारको धार छ आज !!

आखा चिम्ली गरेको बिस्वास को क्ष्यति भयो ! हिड्न खोज्छु खुट्टा बन्ने तार छ आज !!

बाचा र बोलीमा टुंगो नहुने प्राणी मानिस रैछ ! उफ्फ़ मान्छे हुनु पनि केवल बेकार छ आज !!

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २
2 comments

लेखेको रैन्छ कर्मैमा तिमि मेरो हुन् !

लेखेको रैन्छ कर्मैमा तिमि मेरो हुन् !
हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी

पर्दैन भो तिमीले अब मेरो लागि रुन !!

भो भो अब नहुनु थ्यो भैसक्यो सब कुरो !
अब बर्थ्यौ किन पर्योर आशुले मुख धुन !!

मलाई छोडी नाता तोडी अन्तै गए पनि !
याद सम्झी मन लाग्छ तिम्रै फोटो छुन !!

नाना थरि सपना देखाई तिम्रै भरमा परे !
मुटु भित्र छुरा रोपी कस्तो लायौ गुण !!

हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
0 comments

मलाई सम्झि एकान्तमा रुन्छौ कि त माया ,...

मलाई सम्झि एकान्तमा रुन्छौ कि त माया ,
शान्ति अधिकारी बाके २०७०
देख्लान् भनी झ्याल ढोका थुन्छौ कि त माया ।

राम्रो कुरा सुन्या छै्रन टाढा भए देखी , मलाई भुल्न नशामा नै हुन्छौ कि त माया ।

बेहोसीमा ठिकै छु म भनी ढाटे पनी , माफ गर भन्दै तस्बिर छुन्छौ कि त माया ।

छुटे पछी चोखो माया पीडा भित्र जिउदै , मैले जस्तै आँशुले मुख धुन्छौ कि त माया ।

बाँच्नु किन भन्छौ अरे नपाउदा ‘शान्ति’ , डर लाग्छ गलत बाटो चुन्छौ कि त माया ।

शान्ति अधिकारी बाके २०७०
0 comments

हल्ला सुन्छौ यसपाली नि, ठुल्ठुला नेता हार्छन भन्ने...

हल्ला सुन्छौ यसपाली नि, ठुल्ठुला नेता हार्छन भन्ने
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७
चुनाव मिती केहि महिनालाई, अझै पछि सार्छन भन्ने
पाच बर्ष त्यसै बिताए, एक अर्का लाई आरोप लाऊदै फेरि पनि लुटपात गर्दै, देश लाई पछि पार्छन भन्ने
आमसभा र चुनाव प्रचारमा, करोडौ रुपैया खर्च गरि गाऊ बस्तिमा फेरि यिनले, हेलिकप्टर झार्छन भन्ने
तराई मा बाढि आउँदैछ, पहाड तिर पहिरो गाछ जे भएनि नेताले आफ्नो, नाव पार तार्छन भन्ने
चुनाव आए मेढक जस्तै, जिल्ला जिल्लामा आएर गरीब सोझा जनतालाई, आपसमै लडाई मार्छन भन्ने

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 Skype- muskan20401
0 comments

देऊडा भाग २ ....मुस्कान देऊडाप्रेमी ..........

========= देऊडा भाग २ =========
दाई- या मेरो मुटु जलाउन्या त्यसो क्यान भनि साथीभाई सँग       भेट्न्या बस्या छौ दिन गनि भाई- सोग चिन्ता केई जन मान्नु खानु दन दन "बि" सँग भेट हुन्या दिन गन्छौ भन पन दाई- गीत फेरि जम्दा भया दाई भाई दुईका मुटु च्यास्स भयो मेरो कुरा गरि उईका भाई- अस्ति पनि लेख्याका छ्या सपनामा आई अब मैले कहाँ छोड्छौ "बि"को पत्ता नलाई दाई- कति आया कति गया "बि"को पत्ता लाउन्या नाऊ गाऊ नै थाहा छैन भन्या कसहरि राउन्या ? भाई- जासजुस गर्न लाग्याको छौ पहिला का छ्या जादा कसम खाया "बि"को पत्ता लगाई छोड्छौ दादा दाई- बानी तलाई थाह छैन कि तेरा "मुस्कान" दाईको कति दम छ बिचार गर्छौ मैले पनि भाईको भाई- "बि" पत्ता नलागौ भनि देवी देऊता भाक फेसबुक मै फोटो पोस्ट गर्छौ हेरी मात्रै राख
दाई र भाईका कुरा यहाँ पनि सकिएन यो देऊडाको भाग ३ मा ?????????????????????
दाई- पहिले पत्ता लगा उसको सक्छै भन्या तैले कसम खाया भाई तुलाई च्यालेन्ज दिया मैले

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 Skype- muskan20401

0 comments

भ्रष्ट अनि अपराधिको सञ्जाल बढे पछी ,

भ्रष्ट अनि अपराधिको सञ्जाल बढे पछी ,
शान्ति अधिकारी बाके २०७०
काम बिना लुटी खाने चण्डाल बढे पछी ।
कसरी देश उभो लाग्ला भन्देउ नेपाली हो , नेता ज्यू कै घर भित्र धनमाल बढे पछी ।
गाह्रो हुन्छ भत्काउन बिचार गर आजै , सीमा मिच्दै लागाएको प्रखाल बढे पछी ।
समस्याले आक्रान्त छन् गरीब सधै यहाँ , बाँच्न गाह्रो महङ्गि नै हरसाल बढे पछी ।
मात्र एक प्रश्न थियो जवाफ नदिई टार्यौ , टार्न सक्छौ ? जनताको सवाल बढे पछी ।
शान्ति अधिकारी बाके २०७०
0 comments

देउडा गीत,

देऊडा 
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम, हाल- फुजईराह यू.ए.ई.
केटा- एक पइयो टुटेर पड्यो मुम्बई रेल गाडीको फल खान पाईन्या होकि तेरा फुल बाडीको ?
केटी- अछाम रोड पक्कि भयो दौडन लाग्या गाडी फल खान पाईदो छ क्या अर्काका फुलभाडी ? 
केटा- केई फल चरिले खायो केई फल झरि खोला रुखै पाकी झर्नु भन्दा म खाया क्या होला ?
केटी- धेरै आँखा जन लगा पाक्याका फुलभाडी फल खाईजा कसरि भनु अर्काको हो बाडी ?
केटा- मैले त छुट्याउन पाईन सुन होईकि पितल खान दे पाक्याको दाना बसि जाऊ सितल ?
केटी- तबै तु गीत भन्दो होई कुरा बुझिकन फल खान दिदैन म त्यसा मुझिकन ?
केटा- नखानदिया पाक्याका फल काई रुखैमा कुन्ना
तेरो रस तुस्न्या अरु मै जस्ता कोई हुन्ना ?

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम, हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 Skype- muskan20401
0 comments

गजल .......अजम्बरी नाता साथीको भनी जाने आज !

      गजल
हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम


अजम्बरी नाता साथीको भनी जाने आज !
रगत भन्दा भावनाको ठुलो माने आज !!

जोडेको छु जीवनमा थुप्रै थुप्रै साइनोहरु !
सबैभन्दा चोखो पनि साथीको नै छाने आज !!

आफ्नो भन्ने कोही छैन क्षितिज पारि यहाँ !
दुख र सुखमा साथ दिने साथि ठाने आज !!

मिठो बोल मिठो हाँस दुइ दिनको जिवनमा !
बेकारमा चित्त दुखाई के नै छ र लाने आज !!

हातमा बोतल थालमा सुकुट्टी रमाइलो गर्न !
मित्रता दिवस मनाइ साथी संगै खाने आज !!

हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
0 comments

गजल ....... यता छाडी अन्त कतै फूलेका त छैनौ होला ,


शान्ति अधिकारी
बाके २०७
गजल

यता छाडी अन्त कतै फूलेका त छैनौ होला ,
बेहोसिमा कही कतै खुलेका त छैनौ होला ।

नाना थरी प्यास बोकी डुल्छ मान्छे यत्र तत्र ,
योवनको प्यास मेट्न डुलेका त छैनौ होला ।

यसै भन्न गाह्रो हुन्छ मायाको त्यो नशा भित्र ,
क्षण भर भुलाउन झुलेका त छैनौ होला ।

अविश्वासको आँधि चल्दा सोच्न बाध्य पारी दियो ,
त्यो मनमा अरु कोही हुलेका त छैनौ होला ।

प्रतिक्षाको लामो घडी तड्पाईमा काटेकी छु ,
खाएका ति वाचा कसम भुलेका त छैनौ होला ।

शान्ति अधिकारी
बाके २०७०
0 comments

देऊडा .....मान बहादुर के. शी.

देऊडा 
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली
दाई - आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई 
भाई- ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ 
दाई - तु त घर गयाको छि फर्की कईल आई नौकरी चल्याकै छ कि सञ्चै छैकी भाई 
भाई- एक महिना भयो दाई मलाई घर है आयाको सम्झन्छौ कि हजुर कईलई एक साथै खायाको
दाई - धुरुक्क रुदो छौ सम्झि म या कठै दैन त्या का जस्तो मोज मस्ति यू.ए.ई.मा छैन 
भाई- काई दु:ख पाया का छौकी त्यस्तो भन्या क्यान यता उता मन न लाउन काममा राख्नु ध्यान 
दाई- पार्टी हुदाई छन् कि भाउल्या शनिबार साँझ पाच छ जना साथै हुन्थ्याउ एक्लै छौ या आज 
भाई- त्यस्ता पार्टी दिन्या खालका कोइ छैन दाई साथी भाई क्या चाइन्या हुन तुम्रा त "बि" छदाई

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 ईमेल- shanti.sns2008@gmail.com
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger