आरती केसी झापा |
बिरहमा गुन्जिने गित भए आज
दु:ख अनि पीडाको मित भए आज !!
दु:ख अनि पीडाको मित भए आज !!
चिसो चिसो हावाको बेग संग लडी
तप्प तप्प चुहिने सित भए आज !!
तप्प तप्प चुहिने सित भए आज !!
अनायासै सदैब चोट खाए पछी
आफै बाट म पराजित भए आज !!
आफै बाट म पराजित भए आज !!
यो स्वार्थि दुनियाले जति बेला पनि
बिना अर्थ चलाउने रित भए आज !!
बिना अर्थ चलाउने रित भए आज !!
भाग्यले ठगिएकी भएर त होला
कसै कसैको त म अतित भए आज !!
कसै कसैको त म अतित भए आज !!
आरती केसी
झापा
posted by हरि सिंह माल "मुस्कान"
Post a Comment
we will touch you back soon .