सरु कार्की सिन्दुपल्चोक ,रामपुर २ |
किन किन खै मन यो मन दोधार छ आज !!
मुखमा राम बगलीमा छुरा भिर्ने भिड भित्र !
रोमालिए केवल आशा आधार छ आज !!
भनाइ र गराई मा आकाश पाताल फरक भेटे !
म हिड्ने बाटोमा तरवारको धार छ आज !!
आखा चिम्ली गरेको बिस्वास को क्ष्यति भयो !
हिड्न खोज्छु खुट्टा बन्ने तार छ आज !!
बाचा र बोलीमा टुंगो नहुने प्राणी मानिस रैछ !
उफ्फ़ मान्छे हुनु पनि केवल बेकार छ आज !!
सरु कार्की
सिन्दुपल्चोक ,रामपुर २
+ comments + 2 comments
wow wow looking so nice gajl really bishnuthapa67@gmail.com
कागजमा कोरिएका कुराहरू मेटिएलान्
हृदयमै कोरेपछि जुनी-जुनी मेटिँदैनन्
thanks bishnu ji...........
Post a Comment
we will touch you back soon .