गजल


हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर,बैतडी 

यति धेरै माया दियौ लुकाउनलाई ठाउँ छैन !
दुखेको यो आलो घाउ दुखाउनलाई ठाउँ छैन !!

उकाली र ओरालीमा तिमी संगै रमाउदा !
दिएका  तिम्रा गुण चुकाउनलाई ठाउँ छैन !!

आफु भन्दा बढी माया तिमीलाई गर्थे काली !
बाटेका ती प्यारका डोरी फुकाउनलाई ठाउँ छैन !!

कति रोए जीवनमा तिम्रो साथ् नपाउदा !
अनमोल यी  आँशु सुकाउनलाई ठाउँ छैन !!

गाउँ देखि शहर सम्म कुरा काटे सबले यहाँ !
समाजमा  झुक्यो शिर झुकाउनलाई ठाउँ छैन!!

हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी


Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger