कान्छीको चन्चले बानीले बोलायो !
अझै बैशालु त्यो जवानीले बोलायो !!
बर्षाको रिम्झिमे पानीसँगै खेल्दा पनि !
हरि सिंह माल " मुस्कान " गोकुलेश्वर , बैतडी |
मनै लोभ्याउने त्यो नानीले बोलायो !!
आँखामा आँखा मिलाउदै सधैँ हेर्छिन !
रुप र बैश भाकी ती सानीले बोलायो !!
जहा देख्दा पनि मुसुकै मुस्कराउँछिन !
नभुल्ने गरि मायाको खानीले बोलायो !!
कल्कलाउदो जोवन थियो तिम्रै हो भनेर !
छङ् छङ् झर्ने झरना को पानीले बोलायो !!
Post a Comment
we will touch you back soon .