Featured Post Today
print this page
Latest Post

देऊडा ........आमा हजुरले मेरा लागि जो कष्ठ उठाया .....

                        देऊडा 
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम 

१) आमा हजुरले मेरा लागि जो कष्ठ उठाया 
नौ महिना गर्भमा राख्या धेरै दु:ख पाया 

२) रुया बेला दुध पिलाया छोडि सबै काम
हाथ समाई हट्न सिकाया कठै मेरि आमा 

३) ढाई बर्ष दिया हजुरले काखको शितल छाया
अन्त काई नपाईदो रैछ आमा बुवाको माया 

४) बुवाले कमाई जमाई स्कुलमा पढाई
घुमाउदा छ्या सानै छदा आफ्नै कानमा चढाई 

५) पढाया लेखाया मलाई केई बनला भनि
धेरै दु:ख खाया बुवा हजुरले पनि 

६) "मुस्कान"धारा आशु बग्छन् अइल ति दिन देखि
सात समुन्द्र पार पुग्या उल्टो पढि लेखी 

७) बुढेसकाल आमा बुवाको सेवा गर्न पाईन
थुक्क मेरा फुट्या कर्म कईलई शुख आईन 

८) घर बुढा आमा बुवा मलाई सम्झी रुना
उनको सेवा गर्न छाडि म यू.ए.ई. कुना

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
मोबाईल- 00971-558523108 / 508627757
ईमेल- shanti.sns2008@gmail.com
0 comments

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

मीना पुमा राई
खोटाङ्ग
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

गुनासो छैन मलाई जुन डालीमा फुल्छौ फूल
हाँगामै झुल्छौ या पातमा जहाँ झुल्छौ झुल
कोमल मेरो छातीमा तिखो छुरा रोपेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

अजम्बरी भै बाँच चाहे ओइलिएर् भुइँमा झर
तिमीलाई कै भन्दिन जे मन लाग्छ त्यहि गर
निशासिदो बादल भित्र मलाई एक्लै छोपेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ
फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

मीना पुमा राई
खोटाङ्ग
0 comments

आशाको दियो जलेन भने मरेछ नभन्नु !

आशाको दियो जलेन भने मरेछ नभन्नु !
रबिन प्रधान "प्रतिक" 
खोटाङ्
जिउने झिनो सहारा पनि टरेछ नभन्नु !!

पर्खेर कति बसेकि हौली खबर नहुँदा !
मारेर माया समुन्द्र पारि तरेछ नभन्नु !!

खाएको थिएँ बाचा त मैले फर्केर आउंछु !
सन्देश सुन्दा घटना भित्र परेछ नभन्नु !!

सम्हाली राख सजाई कुनै मुटुको कुनामा !
म तिम्रै काले पराई सिउँदो भरेछ नभन्नु !!

महल खोज्दै शहर भरि बिर्सेर प्रित यो !
छोडेर झुप्रो बसाई अन्तै सरेछ नभन्नु !!

बिबस भई बाँच्नु नै पर्छ दैबको खेलमा !
भेट्टीने हाम्रो दोबाटो बन्द गरेछ नभन्नु !!

रबिन प्रधान "प्रतिक" 
खोटाङ्
0 comments

नारी माथि हत्या हिंशा बन्द गर्नु पर्छ !

नारी माथि हत्या हिंशा बन्द गर्नु पर्छ !
हरि सिंह माल "मुस्कान"
गोलुलेश्वर , बैतडी 
चोर डाका गुण्डा जति सबै मर्नु पर्छ !!

सृस्टिकी सिर्जना गर्ने तिनै नारी हुन् !
बलात्कारी पापीलाई त किरा पर्नु पर्छ !!

महिला माथि सधै हुने अत्याचार रोक्न !
गाउँदेखि शहर सम्म बिरोधमा उतर्नुपर्छ !!

चुलो देखि चौका सम्म घरको काम पुरै !
नारी पनि पुरुष सरह भन्ने ज्ञान छर्नुपर्छ !!

काली देवी उग्र चण्डी महाकाली रुप धर्ने !
महाकाल जस्तै भनि अलिकति डर्नुपर्छ !!

हरि सिंह माल "मुस्कान"
गोलुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
1 comments

घृणा गर्छौ मन अन्तै फर्के पछि थाहा पाएँ !

घृणा गर्छौ मन अन्तै फर्के पछि थाहा पाएँ !
रबिन प्रधान "प्रतिक" 
चिसापानी, खोटाङ्
अछुत भनि सुनपानी छर्के पछि थाहा पाएँ !!

सानो जात कहलिएँ तिम्रो ब्यवहार देखि !
छोइन्छ कि भनि पर तर्के पछि थाहा पाएँ !!

तिमी र म सँगै ज्यूनु सँगै मर्नु नहुने भो !
मिठो बोली बोल्दा पनि झर्के पछि थाहा पाएँ !!

बाँच्नलाई गार्हो रै'छ बिछोडको घाऊ सहि !
शिशा सरी मुटू मेरो चर्के पछि थाहा पाएँ !!

रुँदा खेरि किन भन्यौ मुल्य छैन त्यो आँसुको ?
बर्षाद झै अश्रु धारा दर्के पछि थाहा पाएँ !!

रबिन प्रधान "प्रतिक"
चिसापानी, खोटाङ्
0 comments

"गाउँले" आज शहरिया भयो दाम भएर

"गाउँले" आज शहरिया भयो दाम भएर
उ साहित्यकार भयो"गुरुवाली"नाम भएर
बिनोद सेन पाल्पाली 
पाल्पा 


खाएका कसम "मिलन"नभई बिछोड भयो
"सिरु"विरक्ति भैई मायाँमा छल-छाम भएर

"भावुक"निकै एकोहोरो हुन्छ "प्रकिति"देखेर
"कृष्ण"मुरली फुक्छ गोपिनी डाक्ने काम भएर

"अस्मि" "सावित्री" खिलाफी" "ढोली"गजल कोर्छ
"नविन"शैलीमा उर्जाशील, फेसबुकमा ठाम भएर

"रन्जना"ईस्वर प्रति दत्यचित्त भई "भक्ति" गर्छे
"पार्वती"सुसार गर्छे "महादेव"पतिको सांम भएर

बिनोद सेन पाल्पाली 
पाल्पा 
0 comments

अस्तित्वको लडाँई, जारी रहनेछ

अस्तित्वको लडाँई, जारी रहनेछ
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
जब सम्म पिठ्युमा भारि रहने छ |

कर्मले डोर्याएर जता लगे पनि
दु:ख सदैब वारि -पारि रहनेछ |

जिन्दगीको डोरलाइ अगाडी बडाउन
हरपल अगाडी नारि रहनेछ |

भोली देश हराएको सुचना आउला
वैरीले सिमा स्तम्भ सारी रहनेछ |

पैसाको अहमता बोक्नेहरु संधै
जता सुकै गए नि भिखारी रहनेछ |


साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
0 comments

सधैँ साँझमा उनको याद आउँछ

सधैँ साँझमा उनको याद आउँछ
राजेन्द्र तारकिणी
    बैतडी 


      
त्यही माझमा गुनको याद आउँछ

पूर्णिमाबिना तारालाई हेर्दा
खल्लो रातमा जूनको याद आउँछ

रिसाएर उनी भन्थिन् यसो–
गहुँ पिसानमा घुनको याद आउँछ ?

मणि जडेको फुली थ्यो उनको
बाटुलो नाकमा सुनको, याद आउँछ

यादहरूमा म घुल्न थालेँ, अब
यादै यादमा कुनको याद आउँछ !

राजेन्द्र तारकिणी
        बैतडी 
सुन्दुर सुदुर पश्चिम 
0 comments

मानबता को भावना, सिद्धिएको समाजमा छ

मानबता को भावना, सिद्धिएको समाजमा छ!
मुना मन सिग्देल ..
.मोरंग उर्लाबारी
कति सहयोगी मन, पिटिएको समाज छ!! 


ठुला बडाहरुको भोज हुन्छ त्यो महल भित्र!
छेउमा भोकमरीले, थिचीएको समाज छ!! 


आधुनिकताको बाहानामा बिग्रेको सस्कृति!
हेर आफ्नु पन पनि, उजाडिएको समाज छ!!


हत्या हिंसा आत्याचारले शिमाना नाघे पछी !
युबा शक्ति हरु सबै, बिदेसिएको समाज छ!!


बुद्ध जन्मिएको देशमा अशान्ति फैलि अब!
कयौं नारीको सिउदो पुछिएको समाज छ!!


मुना मन सिग्देल ..
.मोरंग उर्लाबारी =४
हाल -ईजरायल
0 comments

मै हुँ भन्ने मान्छे पनि, भित्र भित्रै ढलेकै छ॥

मै हुँ भन्ने मान्छे पनि, भित्र भित्रै ढलेकै छ॥
"बिखर्ची राम"
चितवन, माडी,नेपाल

थोरै अतित छुवाई दिँदा,अनायासै गलेकै छ॥

हेर्दा शान्त सागर झैं,एकान्तमा छटपटीले।
छातीभित्र अग्नि ज्वाला,दिनरात जलेकै छ॥

यो संसारको रित यस्तै,जीवनरथ धान्न लाई।
जस्तोरोप्यो जिन्दगी यो,सँधै उस्तै फलेकै छ॥

कर्म गर्न छाडी सबले, आदर्श झन् भजाएर।
सबै भन्छन योभाग्यले,आफैंलाई छलेकै छ॥

देशै छाडी मुग्लानमा, भासिएछ राम भन्छौ?
छामीहेर मेरो धड्कन,तिम्रै निम्ति चलेकै छ॥

"बिखर्ची राम"
चितवन, माडी,नेपाल
हाल:मरुभूमिको छातीबाट
0 comments

सबै लग्यो बाढीले यो पीर बगाएन

सबै लग्यो बाढीले यो पीर बगाएन
गौरब श्रेष्ठ “मनकुरा”
हरिबन ५


आभाबमा डडेको लकिर बगाएन

बास बग्यो लाश नि आँखा अघाडिनै
आतंकले छापेको तस्बिर बगाएन

झनै थप्यो कालिले ब्यथा दर्चुलाको
प्रकृतिको अन्याय जन्जीर बगाएन

भन्ने गर्थे सुर्ये नि डुब्नै मात्र आउछन्
साचै रैछ पश्चिमको तक्दिर बगाएन


गौरब श्रेष्ठ “मनकुरा”
हरिबन ५ सर्लाहि
जनकपुर
0 comments

रुढी बढी समाजमा खलबल बने म ।

रुढी बढी समाजमा खलबल बने म ।
सुमित्रा अधिकारी "शिरु"गोरखा
मद्होस पार्ने जवानीले पागल बने म ।।

यी आँखामा छायौ तिमी मुटु भित्रै पस्यौ ।
नजानिदो तवरले फसी कायल बने म ।।

हावा सरि उडी दिन्थें तिम्रो साथ पाए त ।
डुल्छ यो मन गगनमा बादल बने म ।।

हृदयको ढुकढुकीले बोलाउछ तिम्लाई ।
भासिए झैँ भयो मुटु असफल बने म ।।

नजरमा जादु रैछ भुतुक्कै पार्ने रुप नि ।
नछुट्ने गरी यै मायामा अटल बने म ।।

सुमित्रा अधिकारी "शिरु"
        गोरखा
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger