तिहारको उपलक्ष्यमा सम्पूर्ण साथीहरु ,दिदि बहिनी तःथा आफन्तजनमा हार्दिक मंगलमय सुभकामना !!!!




gokuleshwar baitadi.......
मखमली र सयपत्री फूलका माला उनी होली !
भाईटिकामा घर गईन बहिनि मेरी रुनी होली !!


चारैतिर आगनीमा हजारी फुल फुलेका छन् !

उनेका ती माला सुके आँसुले मुख धुनी होली !!



गाउँघर रङ्गी चंगी लाख बत्ति जलेका छन् !
फुलमाला थालमा लिई तस्बिर मेरो छुनी होली !!


दशैं गयो तिहार आयो बहिनी सधै भन्छिन !
मुग्लान गएका दाई नफर्कने खबर सुनी होली !!


नरुनु आमा र बाबा बहिनी आउँला घर फर्केर !
सप्तरंगी टिका लाउन मेरो तस्बिर चुनी होली !!


हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर ,बैतडी
Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger