Featured Post Today
print this page
Latest Post

एक बारको जुनी आशु पिएर जिउनुको के अर्थ

मिना पुमा राई 
खोटांग 

एक बारको जुनी आशु पिएर जिउनुको के अर्थ
हासो र खुसि छैन दु:ख लिएर जिउनुको के अर्थ

जस्लाई माने सारा मेरो प्राण अनि प्यारो ढुकढुकी
हर्यो दैबले दाग बत्ति दिएर जिउनुको के अर्थ

सागर जस्तै गहिरो थियो हिमाल भन्दा उच्च माया
फाटेर भयो धुजा धुजा सिएर जिउनुको के अर्थ

एकै रथका दुई पांग्रा भई गर्थौ हामि सहयात्रा
टुटेको साथ अर्ध पन खिएर जिउनुको के अर्थ

मिना पुमा राई 
खोटांग 
posted by हरि सिंह माल "मुस्कान"


0 comments

साँचो कुरा पनि तिम्ले झुट मान्यौ हिजो,

शान्ति अधिकारी
बाके २०६९
साँचो कुरा पनि तिम्ले झुट मान्यौ हिजो,
अर्तिबुद्धि दिनेलाई नै शत्रु ठान्यौ हिजो ।

सन्तानको कुभलो त चाहन्थ्यो र कस्ले ।
बाँण रुपि वचनका तिर हान्यौ हिजो ।

कति अन्धो हुदो रै छ जवानिमा मान्छे,
देउतालाई लत्याउदै ढुङ्गा छान्यौ हिजो ।

टाउकोमा हात राखि किन रुन्छौ आज ,
थोरै कुरा भन्दा पनि धेरै जान्यौ हिजो ।

कर्मको फल भोग्नै पर्छ दोष दिन्छौ कस्लाई ,
चुरोट अनि जाँड रक्सि सबै तान्यौ हिजो ।

शान्ति अधिकारी
बाके २०६९

posted by हरि सिंह माल "मुस्कान"
0 comments

सबै कुरा बिर्सिएर,पिऊँ जस्तो लाग्यो आज

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
सबै कुरा बिर्सिएर,पिऊँ जस्तो लाग्यो आज
नशासङ्गै हराउँदै,जिऊँ जस्तो लाग्यो आज 

"काग जति कराए नि,पिना सुक्न छोड्ने होइन"
त्यसैले त आफ्नो मुख,सिऊँ जस्तो लाग्यो आज

अनगिन्ति तड्पाइले बारम्बार दुख्ने मुटु
टुक्र्याएर अन्तै फ्याँकी दिऊँ जस्तो लाग्यो आज 

भावनामा बहकिंदै,टोल्हाउन छोड्छु भन्दै
भित्रि मनले बाचा कसम,लिऊँ जस्तो लाग्यो आज 

हेर्दा हेर्दै बिलाउने,छोटो हाम्रो जिन्दगानी
घाम लाग्नु अगाडिको,हिउँ जस्तो लाग्यो आज    

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
मार्च १२ ,२०१३


posted by हरि सिंह माल "मुस्कान"
    
2 comments

सम्झनु मधुमास हो गजल

पूर्ण ‘कान्छा’ गुरुङ
ओखलढुंगा

सम्झनु मधुमास हो गजल
यिनै खुल्ला आकाश हो गजल

मान्छेको यो जिबनमा सबैको
सधै चल्ने बतास हो गजल

अन्धकारमा उज्यालो ल्याउने
त्यो सुर्यको प्रकाश हो गजल

तन मन्मा फूलेको छ फक्रेर
तिनै फूलको सुबास हो गजल

सुख दु:ख सबै सबै सगाल्ने
जिन्दगीको आभास हो गजल

पूर्ण ‘कान्छा’ गुरुङ
ओखलढुंगा
posted by हरि सिंह माल "मुस्कान"
0 comments

माया छ कि भनेको त ढुङ्गा रुपि छाति रैछ,

शान्ति अधिकारी
बाके २०६९

माया छ कि भनेको त ढुङ्गा रुपि छाति रैछ,
भो बैगुनि बोल्दिन म नबोल्नु नै जाति रैछ ।
राम्रो देखे बिरुवा त्यो ल्याई सारे आँगनिमा ,
फूल्ला भनि मलजल गरे फूल्यो तर पाति रैछ ।
यहि सानो मुटु माथि शब्द वाण प्रहार गर्दै,
हाँसि हाँसि छिया पार्ने स्वार्थिको नै ताति रैछ ।
अन्जान यो शहरमा दिउसै होला भनि हिडे,
बत्ति रैछन् बालिएका यथार्तमा राति रैछ ।
बाहिरी त्यो आवरणले भित्री रुप छोपिदिदा,
नबुझेरै माया लाए छोडि गयो घाति रैछ ।
शान्ति अधिकारी
बाके २०६९

posted by हरि सिंह माल "मुस्कान"
0 comments

कल्पनामा हुने सबै बात अनौठा,

शान्ति अधिकारी
बाके २०६९
कल्पनामा हुने सबै बात अनौठा,
लुकि छिपि बिताएका रात अनौठा ।

मायालुको अङ्गालोमा अस्ताउने तिनै ,
रात पछि आउने हर प्रभात अनौठा ।

सगै मर्ने बाँच्ने बाचाहरु तोड्दै ,
माया भित्र हुने तिनै घात अनौठा ।

पराईको हाँसो अनि एक वचनले,
अन्धो पार्ने बैशका ति मात अनौठा ।

मन भित्र कुनै पनि स्वार्थ नराखि,
मायालुले दिने हर सौगात अनौठा ।

शान्ति अधिकारी
बाके २०६९

posted by हरि सिंह माल "मुस्कान"
0 comments

जाग नारी ज्ञानचक्षु बाल्दै बाल्दै अघि बढ


कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
कोमल गज़ल
*********
जाग नारी ज्ञानचक्षु बाल्दै बाल्दै अघि बढ
कुरीतिका बोटहरु ढाल्दै ढाल्दै अघि बढ

घर भित्रै पिल्सिएर कति पीडा भोग्छ्यौ अझै
सडेका ती कुमान्यता फाल्दै फाल्दै अघि बढ

दिनहुँका अपहरण,बलात्कार र हत्या सबै
रण चण्डी बनेर नि गाल्दै गाल्दै अघि बढ

आफ्नो पौरख देखाएर सक्नु पर्छ देशै हाँक्न
पाखुरामा जोश,जाँगर हाल्दै हाल्दै अघि बढ

दिदी ,बहिनी,जननी र प्रेयसीलाई पुरुष पनि
सम्मानको शुभकार्य थाल्दै थाल्दै अघि बढ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

posted by हरि सिंह माल "मुस्कान"
0 comments

जोडेको त्यो साईनो तोड्यौ तिम्ले !

हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर ,बैतडी

जोडेको त्यो साईनो तोड्यौ तिम्ले !
पराईको रातो घुम्टो ओड्यौ तिम्ले !!

सपना सारा देखाई मलाई आज !
अर्कै सँग नाता जोड्यौ तिम्ले !!

सधै हिड्ने दोबाटोमा जब देख्यौ !
अनि  बाटो अन्तै मोड्यौ तिम्ले !!

बाँचा खायौ  जुनीभरी संगै बस्ने !
मेरो साथ लत्यार छोड्यौ तिम्ले !!

बसन्त बहार त्यो बगैंचामा गई !
अर्कैको फुलबारी गोड्यौ तिम्ले !!

हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर ,बैतडी
हाल : दोहा कतार
0 comments

कसै संग आँखा आँखै, कुरा भए आज ।

बुद्धि मोक्तान
 

ताप्लेजुङ,कन्चनजघां 

कसै संग आँखा आँखै, कुरा भए आज ।
नबोले नि मनको बात, पूरा भए आज ।

जवानीमा नपिउँदै, कस्तो मात लाग्यो
छड्के नजर लठ्ठै पार्ने,सुरा भए आज ।

लमी किन चाहिन्थ्यो र,दुई मन मिल्दा
नयन आँफै कुरा छिन्ने छुरा भए आज ।

दाँया आँखा थोरै चिम्ली,के झिम्केको थिएँ
किन्नै पर्ने सिन्दुर पोते,चुरा भए आज ।

हिजै जस्तो लाग्छ दिन,कत्ति चाडै बित्यो
बाबा आमा भन्ने हाम्रै, भुरा भए आज ।

बुद्धि मोक्तान
 
ताप्लेजुङ,कन्चनजघां 
posted by हरि सिंह माल"मुस्कान"
0 comments

चौतारी त भत्काउने काम थाली सकेछन्

पूर्ण ‘कान्छा’ गुरुङ 
ओखलढुंगा
चौतारी त भत्काउने काम थाली सकेछन्
बर अनि पिपलको रुख ढाली सकेछन्

ति गाउँमा हुर्की मान्छे सहरपसी गावै भुले 
मन भित्र मान्छेले नै स्वार्थी पाली सकेछन्

रोक दिदी दाजु भाई बिन्ति गर्छु सबैलाई 
भ्रष्टचारी बलत्कारी कदम चाली सकेछन्

देख्दासबै छि-छि गर्छ भयो पनि घिनै लाग्दो
देशलाई नंग्याएर लुगा फाली सकेछन्

छैन कुनै अस्तित्व नै खरानी सो सरा भा’छ
देश हाम्रो सुकाएर दाउरा बाली सकेछन्

पूर्ण ‘कान्छा’ गुरुङ
ओखलढुंगा

posted by हरि सिंह माल "मुस्कान"
0 comments

तिम्रै लागी हासेथे तिम्रै लागी रुनेछु !

मिना पुमा राई
खोटांग, दिप्लुंग १


तिम्रै लागी हासेथे तिम्रै लागी रुनेछु !
रित्ती सकेको आशुले परेली धुनेछु !!

जानेर गरेकी अन्जानैमा भयो भुल !
कस्तो सैनो गासेखै कस्तो सप्ना बुनेछु !!

भुल मेरै थियो होला आफ्नो ठानिरहे !
घाती मनलाई देउत भन्दै चुनेछु !!

आफै भित्र म हराए नौलो चाहा बोकी !
बिसालु काडालाई फुल भन्दै उनेछु !!

मिना पुमा राई
खोटांग, दिप्लुंग १


posted by हरि सिंह माल "मुस्कान"
0 comments

सजिएर गयौ तिमी बेहुलिको भेषमा

शुरेस कौशल
पोखरा 
सजिएर गयौ तिमी बेहुलिको भेषमा
मायालुको बस्ती छोड़ी अर्कै परिबेशमा

अफ़न्तको दबाब या बाहिरी कुरा सुन्यौ
खाली सिउंदो भर्न, पराईको हात चुन्यौ
डोली चढ़ी दूर भयौ घुम्टो ओड़ी केशमा
मायालुको बस्ती छोड़ी अर्कै परीबेशमा

मलाई जस्तै एक्लै तिम्लाई हुन नपरोस
हाँसी हाँसी बितोस जीबन रून नपरोस
तिम्ले ती परेलिहरु न भिजाए परदेशमा
मायालुको बस्ती छोड़ी अर्कै परिबेशमा

सजियेरा गयौ तिमी बेहुलिको भेषमा
मायालुको बस्ती छोड़ी अर्कै परिबेशमा

शुरेस कौशल

पोखरा 

posted by हरि सिंह माल "मुस्कान"
0 comments

मेरो लास सङ्गै तिम्रो याद जलेर जानेछ

शेर्पीनि कान्छि

मेरो लास सङ्गै तिम्रो याद जलेर जानेछ
माया प्रितीक़ा कथाहरु चितामा बलेर जानेछ
.
अजर अमर के रहेछ र यो जिन्दगानिमा
हामीले मिलेर रोपेका पिपल ढ्लेर जानेछ
.
दुख नमान्नु साथमा जिउनु पाइन भनेर
एक दिन हामीलाइ म्रुत्युले छलेर् जानेछ
.
होडबाजि गरेर् जिबनमा पाउनु केही छैन
अन्तिम समयमा मन बचन टलेर जानेछ
.
कहिल्य नरुनु चाहेको पाउन सकिन भनेर
आत्मा सिबाय सबै माटोमा गलेर जानेछ
.
शेर्पीनि कान्छि
दोलखा चरिकोट 

posted by हरि सिंह माल "मुस्कान"

0 comments

प्याला पियुषको पिलाउन नखोज

साबित्रा लुइँटेल घिमिरे 
झापा बिर्तामोड
प्याला पियुषको पिलाउन नखोज
अधरमा अधर मिलाउन नखोज |

हावाको बहावमा उडाउदै सपना
बाचा कसमहरु खिलाउन नखोज |

म सँग फूल पनि जिकिन्छ यसरी
मायाको सुवाग दिलाउन नखोज |

मुस्कान छरेर नजरले हिर्काउँदै
क्षणीकलाइ प्यारमा बिलाउन नखोज |

तिम्रो त्यो बचनले च्यातेर छाती यो
नुन चुक छरेर सिलाउन नखोज |

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड


posted by हरि सिंह माल "मुस्कान"
0 comments

कुन शब्दहरुले पुकारौ आज नारी तिमी

सागर सिल्वाल
काठमाडौँ 
कुन शब्दहरुले पुकारौ आज नारी तिमी
आत्मियता,माया र ममताको घारी तिमी 

आफै डुबेकीछ्यौ आज ठूलो सागर बिचमा 
आफ्ना यी आश्रितलाई किनारमा तारी तिमी

अरुको सुख सुबिधाहरुको ख्याल गर्दा गर्दै
जिउदै छ्यौ आफ्ना आकांक्षाहरु मारी तिमी

तिम्रो त्याग,बलिदानको तुलनै हुन्न कही
सधै बोकेकी छौ जिम्मेबरिको भारी तिमी

साक्षात भगवान मानेर आदर गर्छु सधै
मानबता जिताउछ्यौ आफु बरु हारी तिमी

आमा छोरी बहिनी दिदीको पबित्र नाममा
श्रदाले बनाई राखेकोछु दिलको बारी तिमी 


सागर सिल्वाल
काठमाडौँ 

posted by हरि सिंह माल "मुस्कान"
0 comments

भो नगर छुटिने ति हात का कुरा! .

बिखर्ची रामबघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी

भो नगर छुटिने ति हात का कुरा! .
शिशिरमै झरी जाने पात का कुरा!!

शुरा अनि शुरी एउटै भो जिवन्मा!
मातिएर लाग्ने उही लात का कुरा!!

क्षणिक भो आकर्षण प्रेमको अर्थ!
प्राप्ति लाइ प्रेमपत्र खात का कुरा!!

जानेरै बिग्रिए कोहि म अन्जन मै !
खोइ के लेख्छ भाविले जातका कुरा!!

आफ्नै ले हर्छन दुनिया सारा लाई!
बिश्वासको बदलामा घात का कुरा!!

नपिएको मैले पनि कहाँ नै हो त !
पिए पछि लाग्ने उही मात का कुरा!!

सर्वाधिकार सुरक्षित © २०६९,बिखर्ची राम
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
 

posted by हरि सिंह माल "मुस्कान"
5 comments

खोजे जस्तो नायक कोहि छ यहाँ?

अस्मि जि एम.
पोखरा 
खोजे जस्तो नायक कोहि छ यहाँ?
दिलमा राख्न लायक कोहि छ यहाँ?

ढुक्-ढुकिको झंकार बुझेर मेरो 
गीत् गाउने गायक कोहि छ यहाँ??

उर्लिंदो यो जवानी सम्हाल्न आजै 
साथ् दिने साहायक कोहि छ यहाँ??

राम भन्दै मुखले पिठ्मा छुरा धस्ने
धोकेवाज बाहेक कोहि छ यहाँ ??

जिन्दगिमा हिम्मत नहार्ने कर्मठ
अस्मिको निर्णायक कोहि छ यहाँ??

अस्मि जि एम.


posted by हरि सिंह माल "मुस्कान"
0 comments

छोडेर साथ म देखि टाढा हरायौ त्यो दिन !

रबिन प्रधान “प्रतिक” 
खोटाङ्
छोडेर साथ म देखि टाढा हरायौ त्यो दिन !
थिएन थाहा अर्कै पो मन परायौ त्यो दिन !!

त्यो रातो सारी चुरा र पोते सजिदै डोलीमा !
लिएर जन्ती सिउँदो रातै भरायौ त्यो दिन !!

के हुन्थ्यो दिगो सम्पति हेरी गरेको बिहेमा !
बिछोड हुँदा बेहोसी बनी करायौ त्यो दिन !!

माया हो ठुलो जिबन साथि भनेकै थिए नि !
गरे’सी घात आफन्तै बाट डरायौ त्यो दिन !!

न साथ भयो न हात भयो दोधारे जिबन !
गयो’नि खेर मर्नु न बाँच्नु गरायौ त्यो दिन !!

रबिन प्रधान “प्रतिक”
खोटाङ्


posted by हरि सिंह माल "मुस्कान"
0 comments

आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?

अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरु थुनिदिने कोही छौ कि ?

रोग,भोक,अशिक्षा र बेरोजगारी बढ्यो धेरै
सर्वसुलभ अवसर त्यो चुनिदिने कोही छौ कि ?

रुनेहरू रोएकैछन् कोही खित्का छोडछन् सधैं
सबले हाँस्न पाउन भनी गुनिदिने कोही छौ कि ?

परस्परका भेदभाव र बैमनश्य हटाएर
एकताको एउटै माला उनिदिने कोही छौ कि ?

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका


posted by हरि सिंह माल "मुस्कान"
0 comments

लुट्यो कस्ले लुटाउने को हो थाह छैन ,


गजल
शान्ति अधिकारी
बाके २०६९।
लुट्यो कस्ले लुटाउने को हो थाह छैन ,
दोबाटोमा कुटाउने को हो थाह छैन ।
बैरी आँखा लाग्यो क्यारे नत्र किन यस्तो ,
झुट्टा प्रमाण जुटाउने को हो थाह छैन ।
नसोचेको कुरा भयो जिन्दगीमा आज ,
हाम्रो भाग्य फुटाउने को हो थाह छैन ।
आफ्नै जस्ता देखिने नै हुदा रैछन् शत्रु ,
भ’ को नाता टुटाउने को हो थाह छैन ।
खै कसरी बाँच्ने होला बाटो देखाउ प्रभु ,
आफ्नै सगँ छुटाउने को हो थाह छैन ।
शान्ति अधिकारी
बाके २०६९।
posted by हरि सिंह माल "मुस्कान"
0 comments

सपना ती सारा खस्दा एक्लै बसी रुनेछौ !

हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी
सपना ती सारा खस्दा एक्लै बसी रुनेछौ !
बेहोसीमै माया बस्दा एक्लै बसी रुनेछौ !!

कलिलो फूलजस्तै फुलेको त्यो जवानीमा !
यौवनको मातले फस्दा एक्लै बसी रुनेछौ !!

नशालु ती आँखाहरु नयन रुपी मुहारमा !
कसैले बाहुमा कस्दा एक्लै बसी रुनेछौ !!

कलकलाउदो जोवन त्यो बगैंचा माझमा !
बिषालु सर्पले डस्दा एक्लै बसी रुनेछौ !!

चुलबुले जवानी र चन्चले त्यो मनभित्र !
दिल चोरेर कोही पस्दा एक्लै बसी रुनेछौ !!

हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी
0 comments

स्वाभिमानी नेपाली म झुक्न सकिन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन

सबै सँग मायाँ लाएँ भेद नराखी 
निमुखालाई दपेटर भुक्न सकिन

कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन 

डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन

आफ्नो श्रम बेचेको छु सधैं बिदेशमा
धान्नै पर्यो जीवन यो सुक्न सकिन 

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका


posted by हरि सिंह माल "मुस्कान"
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger