शान्ति अधिकारी ,बाँके |
जन्म मृत्यु दुबै दिने डक्टर हु चिन्नु पर्छ,
त्यसै कहाँ बोलिन्छ र पैसा तिरी किन्नु पर्छ ।
त्यसै कहाँ बोलिन्छ र पैसा तिरी किन्नु पर्छ ।
काम लाग्छन् कुनै बेला ठुलालाई छुट दिदै,
असहाय गरीबलाई सकेसम्म पिन्नु पर्छ ।
असहाय गरीबलाई सकेसम्म पिन्नु पर्छ ।
लाखौ लाख लगानि भो कमाउनु छ अरब यहाँ,
फुर्सत नै कहाँ छ र सेकेण्ड पनि गिन्नु पर्छ ।
फुर्सत नै कहाँ छ र सेकेण्ड पनि गिन्नु पर्छ ।
कमाउने नसा चढ्यो सेवाको त कुरै छैन ,
सेवा दिने मान्छे यहाँ दुख गरी बिन्नु पर्छ ।
सेवा दिने मान्छे यहाँ दुख गरी बिन्नु पर्छ ।
गालि गर्दै हात हाल्ने काम छोड मर्छ मान्छे,
ठेगान आफै लागि हाल्छन् कामै छोडि हिन्नु पर्छ ।
ठेगान आफै लागि हाल्छन् कामै छोडि हिन्नु पर्छ ।
शान्ति अधिकारी
बाँके २०६९
बाँके २०६९
posted by हरि सिंह माल "मुस्कान"
Post a Comment
we will touch you back soon .