पिउने तिमी पिलाउने दाता खोज्नु पर्यो ,

पिउने तिमी पिलाउने दाता खोज्नु पर्यो ,
शान्ति अधिकारी बाके २०६९
सबै कुरा मिलाउने दाता खोज्नु पर्यो ।
टर्रो बोलि व्यवहारले मनै फाटि सक्यो , त्यही मन सिलाउने दाता खोज्नु पर्यो ।
परीश्रम गरे खेती हुन्छ भन्दै थिए , पाखो बारी जिलाउने दाता खोज्नु पर्यो ।
आन्तरीक द्धन्द भित्र पिल्सि बसेकालाई , अधिकार दिलाउने दाता खोज्नु पर्यो ।
सधै रुदै बाँचेकालाई 'शान्ति' दिए पछि , असिना झै बिलाउने दाता खोज्नु पर्यो ।

शान्ति अधिकारी बाके २०६९
Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger