देऊडा
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली |
दाई - आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई
फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई
भाई- ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ
यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ
दाई - तु त घर गयाको छि फर्की कईल आई
नौकरी चल्याकै छ कि सञ्चै छैकी भाई
भाई- एक महिना भयो दाई मलाई घर है आयाको
सम्झन्छौ कि हजुर कईलई एक साथै खायाको
दाई - धुरुक्क रुदो छौ सम्झि म या कठै दैन
त्या का जस्तो मोज मस्ति यू.ए.ई.मा छैन
भाई- काई दु:ख पाया का छौकी त्यस्तो भन्या क्यान
यता उता मन न लाउन काममा राख्नु ध्यान
दाई- पार्टी हुदाई छन् कि भाउल्या शनिबार साँझ
पाच छ जना साथै हुन्थ्याउ एक्लै छौ या आज
भाई- त्यस्ता पार्टी दिन्या खालका कोइ छैन दाई
साथी भाई क्या चाइन्या हुन तुम्रा त "बि" छदाई
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी )
सँगमटोल टिकापुर ७ डौनपुर कैलाली
हाल- फुजईराह यू.ए.ई.
मोबाईल- 00971-558523108 / 508627757
ईमेल- shanti.sns2008@gmail.com
Post a Comment
we will touch you back soon .