देऊडा
![]() |
| मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. |
१) धेरै खुशी भया हजुर यू.ए.ई.मा आज
भनि हाल्छौ त्यो कुरा नि साथीभाईका माझ
२) यू.ए.ई. आयाको भयो चार मैना सत्र दिन
खबर सुनि छक्क पर्या म पनि एक छिन ?
३) धेरै राम्रो लाग्यो गरे यै मुस्कान को काम
नेपाली दाजु र भाईको यस्तै चलोस् नाम
४) दिउसो चार बज्या तिर मैले खबर पाया
अझै राम्रो काम गर्न्या मनमा कसम खाया
५) कारखानाका ठुला ठुला अधिकारि आई
अँगालो मा लि खेर दिन लाग्या बधाई
६) अचम्म भ्या हजुर यानि मेरो काम देखि
धित मर्दैन साचो कुरा देऊडा मा नलेखि
७) ईस्वर सँग हाथ जोडेर गर्छौ प्राथाना
यसरि नै हामी सबैको चलि जाऊ नामना
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७
Skype- muskan20401

Post a Comment
we will touch you back soon .