काम बिना लुटी खाने चण्डाल बढे पछी ।
कसरी देश उभो लाग्ला भन्देउ नेपाली हो ,
नेता ज्यू कै घर भित्र धनमाल बढे पछी ।
गाह्रो हुन्छ भत्काउन बिचार गर आजै ,
सीमा मिच्दै लागाएको प्रखाल बढे पछी ।
समस्याले आक्रान्त छन् गरीब सधै यहाँ ,
बाँच्न गाह्रो महङ्गि नै हरसाल बढे पछी ।
मात्र एक प्रश्न थियो जवाफ नदिई टार्यौ ,
टार्न सक्छौ ? जनताको सवाल बढे पछी ।
शान्ति अधिकारी
बाके २०७०
Post a Comment
we will touch you back soon .