मलाई सम्झि एकान्तमा रुन्छौ कि त माया ,
शान्ति अधिकारी बाके २०७० |
राम्रो कुरा सुन्या छै्रन टाढा भए देखी ,
मलाई भुल्न नशामा नै हुन्छौ कि त माया ।
बेहोसीमा ठिकै छु म भनी ढाटे पनी ,
माफ गर भन्दै तस्बिर छुन्छौ कि त माया ।
छुटे पछी चोखो माया पीडा भित्र जिउदै ,
मैले जस्तै आँशुले मुख धुन्छौ कि त माया ।
बाँच्नु किन भन्छौ अरे नपाउदा ‘शान्ति’ ,
डर लाग्छ गलत बाटो चुन्छौ कि त माया ।
शान्ति अधिकारी
बाके २०७०
Post a Comment
we will touch you back soon .