हल्ला सुन्छौ यसपाली नि, ठुल्ठुला नेता हार्छन भन्ने
![]() |
| मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ |
पाच बर्ष त्यसै बिताए, एक अर्का लाई आरोप लाऊदै
फेरि पनि लुटपात गर्दै, देश लाई पछि पार्छन भन्ने
आमसभा र चुनाव प्रचारमा, करोडौ रुपैया खर्च गरि
गाऊ बस्तिमा फेरि यिनले, हेलिकप्टर झार्छन भन्ने
तराई मा बाढि आउँदैछ, पहाड तिर पहिरो गाछ
जे भएनि नेताले आफ्नो, नाव पार तार्छन भन्ने
चुनाव आए मेढक जस्तै, जिल्ला जिल्लामा आएर
गरीब सोझा जनतालाई, आपसमै लडाई मार्छन भन्ने
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
सँगमटोल टिकापुर ७ डौनपुर कैलाली
हाल- फुजईराह यू.ए.ई.
मोबाईल- 00971-558523108 / 508627757
Skype- muskan20401

Post a Comment
we will touch you back soon .