देऊडा
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम, हाल- फुजईराह यू.ए.ई. |
केटा- एक पइयो टुटेर पड्यो मुम्बई रेल गाडीको
फल खान पाईन्या होकि तेरा फुल बाडीको ?
केटी- अछाम रोड पक्कि भयो दौडन लाग्या गाडी
फल खान पाईदो छ क्या अर्काका फुलभाडी ?
केटा- केई फल चरिले खायो केई फल झरि खोला
रुखै पाकी झर्नु भन्दा म खाया क्या होला ?
केटी- धेरै आँखा जन लगा पाक्याका फुलभाडी
फल खाईजा कसरि भनु अर्काको हो बाडी ?
केटा- मैले त छुट्याउन पाईन सुन होईकि पितल
खान दे पाक्याको दाना बसि जाऊ सितल ?
केटी- तबै तु गीत भन्दो होई कुरा बुझिकन
फल खान दिदैन म त्यसा मुझिकन ?
केटा- नखानदिया पाक्याका फल काई रुखैमा कुन्ना
तेरो रस तुस्न्या अरु मै जस्ता कोई हुन्ना ?
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम, हाल- फुजईराह यू.ए.ई.
मोबाईल- 00971-558523108 / 508627757
Skype- muskan20401
Post a Comment
we will touch you back soon .