गजल
बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी ,
दुःख अनि पिडा खप्दै चल्नु रै’छ जिन्दगानी ।
बिकृति र बिसगंती भित्र जिउन गाह्रो हुदा ,
पानी हैन आशु पिउदै गल्नु रै’छ जिन्दगानी ।
देश भित्र नातावाद कृपावाद बढे पछि ,
ठुला बडा भन्नेको पाउ मल्नु रै’छ जिन्दगानी ।
बाध्यतामा ईज्जत सगै स्वाभिमान बेच्नु पर्दा,
पछुतोको अग्नि भित्र जल्नु रै’छ जिन्दगानी ।
सुख ‘शान्ति’ कस्तो हुन्छ थाहै नपाई अभावमा
बुढो रुख ढले सरी ढल्नु रै’छ जिन्दगानी ।
शान्ति अधिकारी बाके मिति २०७०
शान्ति अधिकारी बाके मिति २०७० |
शान्ति अधिकारी बाके मिति २०७०