=========== देऊडा ============
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. |
आमा- बात कुशल कसो छ छोरा तु त्या सञ्चै छै कि?
यस पाली बिजया दशै घर आउन्या है कि ??
छोरा- हजुरका हाथको टिका यै साल लाउन्न आमा
अर्का दशै पक्का आउँला यै साल आउन्न आमा
आमा- मुखतिको बडादशै घर आईजा छोरा
अरु केई नभया पनि टिका लाईजा छोरा
छोरा- यसपाली यतिकै भईगो अर्का दशै आउँला
हजुरका हाथका मिठा सेल रोटी खाउला
आमा- आईजा छोरा घर फर्की कमाई खाल्लाई सेरो
यै साल आउँदैन भनि चित्त दुखाई मेरो
छोरा- दु:खारी हुनाले होकि दिन भन्दा रात लामा
कलेजामै लाग्यो बचन कठै मेरी आमा
आमा- तेरा खेत बाजाइछन् त्यसाई अरुका बाई सक्यो
छोरा तेरा सम्झना ले मन मुटु खाई सक्यो
छोरा- कमाई हालु यै बर्ष फर्की आउँला फेरि
पक्का पुग्छौ अर्का दशै बस्नु बाटो हेरि
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७
skype- muskan20401
Post a Comment
we will touch you back soon .