========== देऊडा ===========
![]() |
| मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) |
१) तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो
गाऊघर सम्झि हजुर मेरो कलेजि खाईसक्यो
२) दश चोटि सम्झनो आज गाऊका बन पाखा
आसुँका भेल झर्न लाग्या "मुस्कान"का आँखा
३) कोई जान्ना किनमेल गर्नु कोई जान्ना गमारा
यस पाली नलाईन्या भईयो दशैँको जमारा ??
४) फोन गरि कुरा गर्या घरमा हिजो साँझ
प्रबाशी जिबन क्या हो थाहा पाया आज ??
५) रुन लागि मेरि मुन्ना फोनमा सुक्क सुक्क
छोरा भन्दा पप्पा हामीले मान्याको छ दु:ख ??
६) ज्या भयानि साथी सँगि सबै खुशी हुनु
म एक्लै भर भरि रुया हजुरले नरुनु ??
७) सक्न्या भया मेटाई दिन्या भाबिनीका होरा
कईल सुख हुन्या हुन्ना यै फुट्याका खोरा ??
८) मनको ब्यथा पोख्या मैले देऊडा गीत बनाई
सबको दशैँ राम्रै जावोस् शुभकामना हजुरलाई
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
सँगमटोल टिकापुर ७ डौनपुर कैलाली
हाल- फुजईराह यू.ए.ई.
मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७
Skype- muskan20401

Post a Comment
we will touch you back soon .