माया भनेको यस्तो हुनु पर्छ ???
हात दिन खोज्यौ तिम्ले खोला बाढी तरे पछी !


फूल टिप्न भनि आयौ कोपिला मै झरे पछी !!



बाँचुन्जेल भरोसामा अड्याएर राख्यौ कति !

साथ दिन्छु भन्यौ अरे जिउँदै म मरे पछि !!



सम्पतिको मोह थियो पिरती को कुरै छाडौँ !

बास माग्न आयौ होला झुपडी यो सरे पछी !!



पागल झैं लडेको थें सराबी त्यो मात भित्र !

उठाउन खोज्यौ फेरी भुमरी मा परे पछी !!



कुरी बस्थें उकालीमा तिम्रो बाटो हेरी हेरी !

एक्लै हुन्थें चौतारिमा न आउने गरे पछी !!



हरि सिंह माल "मुस्कान "

गोकुलेश्वर ,बैतडी





Share this article :

Post a Comment

we will touch you back soon .

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger