गजल .....पर्खी बस ..............
सिउँदो तिम्रो सिन्दुरले भरौंला पर्खी बस !
मायाको रोशनी किरण छरौला
पर्खी बस !!
यो दिलमा बास गर यो मुटु तिम्रै हो !
हरि सिंह माल "मुस्कान" गोकुलेश्वर ,बैतडी |
हजार जुनी तिम्रै भर परौँला पर्खी बस !!
अनमोल ति आँशु हरु व्यर्थै खेर नफाल !
तिम्रै दिलमा बास सरौंला पर्खी बस !!
हाँसो दिउँला खुसि दिउँला अनि यो दिल !
हजारौंको माझमा बिहे गरौंला पर्खी बस !!
जिबन तिम्रै हो तिमीलाई सुम्पी दिन्छु !
संगै जिउँला संगै मरौंला पर्खी बस !!
मुटुमा छौ तिमि धड्कनमा छौ तिमि !
जिबनका नदी हरु संगै तरौंला पर्खी बस !!
आँखाकी नानि हौ तिमि प्रेम कि हौ खानि !
याद तिम्रो आउँदा बर्षा भई झरौँला पर्खी बस !!
हरि शिंह माल "मुस्कान"
गोकुलेश्वर, बैतडी
+ comments + 1 comments
wwwbaitadi-lovely.blogspot.com
Post a Comment
we will touch you back soon .