सँगै जिउने सँगै मर्ने बाँचा कसम खायौ होला !
मलाई छोडी अर्कैसँग माया प्रिती लायौ होला !!
देउराली र चौतारीमा खेलेका ती क्षण पनि !
पराईको अँगालोमा मिठो धुन गायौ होला !!
आउने बाटो कुरिरहे दोबाटोमा आँखा
बिछ्याई !
मेरो साथ लत्याएर पराई घर धायौ होला !!
राखेको थें सम्हालेर मुटु अनि धड्कन भित्र !
गजल
म भन्दा नि सम्पत्ति वाल राम्रो बर पायौ होला !!
देखेका ती सपना नि मैले दु:ख सुख सँगै ज्युने !
जुनेलीको जुन बनि चारै तिर छायौ होला !!
जीवन दिन्छु जुनि भनि आज कता गयौ तिमी !
उसले जब छोड्यो अनि यतैतिर आयौ
होला !!
हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर ,बैतडी
Post a Comment
we will touch you back soon .