हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर ,बैतडी
|
जोडेको त्यो साईनो तोड्यौ तिम्ले !
पराईको रातो घुम्टो ओड्यौ तिम्ले !!
सपना सारा देखाई
मलाई आज !
अर्कै सँग नाता
जोड्यौ तिम्ले !!
सधै हिड्ने
दोबाटोमा जब देख्यौ !
अनि बाटो अन्तै मोड्यौ तिम्ले !!
बाँचा खायौ
जुनीभरी संगै बस्ने !
मेरो साथ लत्यार छोड्यौ तिम्ले !!
बसन्त बहार त्यो
बगैंचामा गई !
अर्कैको फुलबारी
गोड्यौ तिम्ले !!
हरि सिंह माल
"मुस्कान"
गोकुलेश्वर ,बैतडी
हाल : दोहा कतार
Post a Comment
we will touch you back soon .