गजल
बिरानो
ठाउँ प्रदेसी मान्छे अहिले नि आउदिन !
अर्कैको
ठाउँमा नोकरी गर्नु छुट्टि नि पाउदिन !!
मलाई
नै पर्खि नबस्नु दिदी तिहारको दिनैमा !
नउने
बैनी फुलको माला अहिले नि लाउदिन !!
थालमा
टिका दैलो मा ओखर राखेर रोइ होलि !
खेल्नु
है साथि धौसि र भैलो म भने गाउदिन !!
रंगी
र चंगी त्यो दियो बत्ति बाले है आगनमा !
दिनहरु
गन्दै बसेछु प्रिया अहिले त धाउदिन !!
नरुनु
आमा मलाई नै सम्झी त्यो झुप्रो दैलोमा !
नतिरी
ऋण झुपडी घरको छाना त्यो छाउदिन !!
हरि सिंह माल
"मुस्कान"
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर
पश्चिम
हाल : सात
समुद्र पारि बाट