Featured Post Today
print this page
Latest Post

बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी ,

गजल

शान्ति अधिकारी बाके मिति २०७०
बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी , दुःख अनि पिडा खप्दै चल्नु रै’छ जिन्दगानी । बिकृति र बिसगंती भित्र जिउन गाह्रो हुदा , पानी हैन आशु पिउदै गल्नु रै’छ जिन्दगानी । देश भित्र नातावाद कृपावाद बढे पछि , ठुला बडा भन्नेको पाउ मल्नु रै’छ जिन्दगानी । बाध्यतामा ईज्जत सगै स्वाभिमान बेच्नु पर्दा, पछुतोको अग्नि भित्र जल्नु रै’छ जिन्दगानी । सुख ‘शान्ति’ कस्तो हुन्छ थाहै नपाई अभावमा बुढो रुख ढले सरी ढल्नु रै’छ जिन्दगानी ।

शान्ति अधिकारी बाके मिति २०७०
0 comments

देऊडा .....

========= देऊडा ============
मान बहादुर के सि मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.

स्वास्नि- खेतिपाती अद्या दिऊकि आँफै लाउन्या हौ कि ? यै साल बिजया दशै घर आउन्या हौ कि ?? लोग्ने- खेतिपाती अद्या दिहाल आँफै लवाइ छैन यै साल दशै का बेला घरमा अवाई छैन स्वास्नि- मंगलसैन दरबार झ्यालमा घाम पर्यो दशैमा घर नआउन्या त्यस्तो क्या काम पर्यो ? लोग्ने- नौकरी मा छुट्टी माग्दा सेट छुट्टी नदिन्या याई बसेर गाऊघर सम्झि टन्न रक्सि पिन्या स्वास्नि- भनु हजुर दु:ख मान्या नभनि नहुन्या तमि त्या जाड रक्सि पिन्या म या सम्झि रुन्या ? लोग्ने- या दु:ख धेरै छन मलाई तु त्या क्या राऊदि होई साच्चि माया मान्या भया सपना आऊदि होई ?? स्वास्नि- म कति सम्झन्छौ यता हजुर क्या राऊना हौ ? तुम्रा सपना अरु आऊनि मु काहाई आऊना हौ ?? लोग्ने- यै दशै यतिकै भईग अर्का दशै आउँला साची राखेई माया प्रेम दुई मिलेर खाऊला .......
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 skype- muskan20401 Seen 11:23am Choose an emoticon
0 comments

गजल जती चोट दिन्छौ देउ छाती थापी सहुँला म

गजल 

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी 

जती चोट दिन्छौ देउ छाती थापी सहुँला म 
छोडी जाने भए जाउ प्रतिक्षा मै रहुँला म|१| 

यही बेला पोखीहाल गुनासो छ भने केही
के भरोषा जिन्दगीको भोलि हुँला नहुँला म|२|

छाती भित्रै गाँठोपार नखोल भो वेदना ती
मुटु नै छ मेरो पनी भावनामा बहुँला म |३|

के सुन्छौ खै दु:खभरी काहानी छ जिन्दगीको
सुन्ने भए चुपचाप बस भोगे जती कहुँला म|४|

बे ठेगान जिन्दगी छ लक्ष बिहिन "गाँउलेको"
जता लान्छ जिन्दगीले उता उतै जहुँला म|५|

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
हाल- साउदी अरब
0 comments

तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव ///

तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव ///
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

सारिक हुन्छौ प्रत्येक रत मीठो मीठो बातमा चन्द्रदेव //

मोबाइलका दुइ चार कुरा तस्बिर उनको साथमा बोकी //
सपनी मा संगै हुन्छन उठ्दा सिरक साथमा चन्द्रदेव //

कोसौ मिलको दुरी अनी नौ डाडा को फरक बिचमा ////
हातमा उनको चिनो अनी याद केवल साथमा चन्द्रदेव //

रातमा जुनको साथ अनी निद हुदैन यी आखामा //////
तिमी पनि छोडी जान्छौ बिहानी को प्रात्मा चन्द्रदेव ///

कपी कलम संगै उसलाई कैद गरे गजल भित्र ////////
खोजि हेर उसकै नाऊ पाउछौ खामको खातमा चन्द्रदेव///
0 comments

गीत मीना पुमा राई खोटाङ्ग.....

गीत 

मीना पुमा राई 
खोटाङ्ग

नेपाली हौँ हामी आफु बाँची बचौं नेपाललाई 
नेपाली हौँ हामी आफु हाँसी हसौं नेपाललाई 

नगरौं है हेला हिङसा धर्म अनि जात जातिको 
रक्क्षा गरौँ बरु सधै हामी हाम्रो भाषा भाषीको
नसा नसा काटी हेरौं उस्ता उस्तै छ रातो रगत
मिली जुली गरौँ संघर्स एउटै छ हाम्रो जगत

उही हो माटो उस्तै बाटो पुर्ब देखि पश्चिमसम्म
हिमाल पहाड तराई मधेस उत्तर देखि दक्षिणसम्म
झरना खोला सुसाउ छ बन पाखामा गुरास रातै
चारै दिषा उज्यालो छाउछ जब हाँस्छ हिमाल सेतै 



मीना पुमा राई
खोटाङ्ग
0 comments

गजल, यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //

यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

पर्खिएर दिन त्यो सारा हेरछ सधै म हिड्ने बाटो //

एक छिन् नदेख्दा कती आतिंछन् माया गर्नेहरु //
तर उ त् कठैबरा हेरछ सधै म हिड्ने बाटो //...

छट्प्टीनछ नजर उसको म देख्छु कती आतीनछ उ //
भन्दैन त्यो पिडा विचरा हेरछ सधै म हिड्ने बाटो //

नबोलेरै चित्त बुझाई सम्झनाको पोको बनाई बस्छ //
एस्तो छ जो कर्महारा हेरछ सधै म हिड्ने बाटो //

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

2 comments

गजल हैन साँच्चै हैन म नामी गजलकार ,

हैन साँच्चै हैन म नामी गजलकार ,
शान्ति अधिकारी बाके २०७०
तिमीले सोचे जस्तो दामी गजलकार ।
कोही रोगी मनका भेट्छु कोही तनका , कसरी बन्ने होला धामी गजलकार ।
लेख्नु मात्र ठुलो हैन बन्न सक्नु पर्छ , रिती तिथि संस्कृती थामी गजलकार ।
अन्यायको बिरुद्वमा बोल्दै गरीवको , बनुला र ? हृदय छामी गजलकार ।
ठुला हिड्छन घमण्डमा साना अटेरी , कता तिर जाने हो हामी गजलकार ।

शान्ति अधिकारी बाके २०७०
0 comments

देऊडा.....मान बहादुर के सि...

देऊडा
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
१) धेरै खुशी भया हजुर यू.ए.ई.मा आज भनि हाल्छौ त्यो कुरा नि साथीभाईका माझ 
२) यू.ए.ई. आयाको भयो चार मैना सत्र दिन खबर सुनि छक्क पर्या म पनि एक छिन ? 
३) धेरै राम्रो लाग्यो गरे यै मुस्कान को काम नेपाली दाजु र भाईको यस्तै चलोस् नाम 
४) दिउसो चार बज्या तिर मैले खबर पाया अझै राम्रो काम गर्न्या मनमा कसम खाया  
५) कारखानाका ठुला ठुला अधिकारि आई अँगालो मा लि खेर दिन लाग्या बधाई  
६) अचम्म भ्या हजुर यानि मेरो काम देखि धित मर्दैन साचो कुरा देऊडा मा नलेखि 
७) ईस्वर सँग हाथ जोडेर गर्छौ प्राथाना यसरि नै हामी सबैको चलि जाऊ नामना

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७ Skype- muskan20401
0 comments

पिउने तिमी पिलाउने दाता खोज्नु पर्यो ,

पिउने तिमी पिलाउने दाता खोज्नु पर्यो ,
शान्ति अधिकारी बाके २०६९
सबै कुरा मिलाउने दाता खोज्नु पर्यो ।
टर्रो बोलि व्यवहारले मनै फाटि सक्यो , त्यही मन सिलाउने दाता खोज्नु पर्यो ।
परीश्रम गरे खेती हुन्छ भन्दै थिए , पाखो बारी जिलाउने दाता खोज्नु पर्यो ।
आन्तरीक द्धन्द भित्र पिल्सि बसेकालाई , अधिकार दिलाउने दाता खोज्नु पर्यो ।
सधै रुदै बाँचेकालाई 'शान्ति' दिए पछि , असिना झै बिलाउने दाता खोज्नु पर्यो ।

शान्ति अधिकारी बाके २०६९
0 comments

ओइलायो फुल चारै तिर झार छ आज

ओइलायो फुल चारै तिर झार छ आज !
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

किन किन खै मन यो मन दोधार छ आज !!

मुखमा राम बगलीमा छुरा भिर्ने भिड भित्र ! रोमालिए केवल आशा आधार छ आज !!

भनाइ र गराई मा आकाश पाताल फरक भेटे ! म हिड्ने बाटोमा तरवारको धार छ आज !!

आखा चिम्ली गरेको बिस्वास को क्ष्यति भयो ! हिड्न खोज्छु खुट्टा बन्ने तार छ आज !!

बाचा र बोलीमा टुंगो नहुने प्राणी मानिस रैछ ! उफ्फ़ मान्छे हुनु पनि केवल बेकार छ आज !!

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २
2 comments

लेखेको रैन्छ कर्मैमा तिमि मेरो हुन् !

लेखेको रैन्छ कर्मैमा तिमि मेरो हुन् !
हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी

पर्दैन भो तिमीले अब मेरो लागि रुन !!

भो भो अब नहुनु थ्यो भैसक्यो सब कुरो !
अब बर्थ्यौ किन पर्योर आशुले मुख धुन !!

मलाई छोडी नाता तोडी अन्तै गए पनि !
याद सम्झी मन लाग्छ तिम्रै फोटो छुन !!

नाना थरि सपना देखाई तिम्रै भरमा परे !
मुटु भित्र छुरा रोपी कस्तो लायौ गुण !!

हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
0 comments

मलाई सम्झि एकान्तमा रुन्छौ कि त माया ,...

मलाई सम्झि एकान्तमा रुन्छौ कि त माया ,
शान्ति अधिकारी बाके २०७०
देख्लान् भनी झ्याल ढोका थुन्छौ कि त माया ।

राम्रो कुरा सुन्या छै्रन टाढा भए देखी , मलाई भुल्न नशामा नै हुन्छौ कि त माया ।

बेहोसीमा ठिकै छु म भनी ढाटे पनी , माफ गर भन्दै तस्बिर छुन्छौ कि त माया ।

छुटे पछी चोखो माया पीडा भित्र जिउदै , मैले जस्तै आँशुले मुख धुन्छौ कि त माया ।

बाँच्नु किन भन्छौ अरे नपाउदा ‘शान्ति’ , डर लाग्छ गलत बाटो चुन्छौ कि त माया ।

शान्ति अधिकारी बाके २०७०
0 comments

हल्ला सुन्छौ यसपाली नि, ठुल्ठुला नेता हार्छन भन्ने...

हल्ला सुन्छौ यसपाली नि, ठुल्ठुला नेता हार्छन भन्ने
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७
चुनाव मिती केहि महिनालाई, अझै पछि सार्छन भन्ने
पाच बर्ष त्यसै बिताए, एक अर्का लाई आरोप लाऊदै फेरि पनि लुटपात गर्दै, देश लाई पछि पार्छन भन्ने
आमसभा र चुनाव प्रचारमा, करोडौ रुपैया खर्च गरि गाऊ बस्तिमा फेरि यिनले, हेलिकप्टर झार्छन भन्ने
तराई मा बाढि आउँदैछ, पहाड तिर पहिरो गाछ जे भएनि नेताले आफ्नो, नाव पार तार्छन भन्ने
चुनाव आए मेढक जस्तै, जिल्ला जिल्लामा आएर गरीब सोझा जनतालाई, आपसमै लडाई मार्छन भन्ने

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 Skype- muskan20401
0 comments

देऊडा भाग २ ....मुस्कान देऊडाप्रेमी ..........

========= देऊडा भाग २ =========
दाई- या मेरो मुटु जलाउन्या त्यसो क्यान भनि साथीभाई सँग       भेट्न्या बस्या छौ दिन गनि भाई- सोग चिन्ता केई जन मान्नु खानु दन दन "बि" सँग भेट हुन्या दिन गन्छौ भन पन दाई- गीत फेरि जम्दा भया दाई भाई दुईका मुटु च्यास्स भयो मेरो कुरा गरि उईका भाई- अस्ति पनि लेख्याका छ्या सपनामा आई अब मैले कहाँ छोड्छौ "बि"को पत्ता नलाई दाई- कति आया कति गया "बि"को पत्ता लाउन्या नाऊ गाऊ नै थाहा छैन भन्या कसहरि राउन्या ? भाई- जासजुस गर्न लाग्याको छौ पहिला का छ्या जादा कसम खाया "बि"को पत्ता लगाई छोड्छौ दादा दाई- बानी तलाई थाह छैन कि तेरा "मुस्कान" दाईको कति दम छ बिचार गर्छौ मैले पनि भाईको भाई- "बि" पत्ता नलागौ भनि देवी देऊता भाक फेसबुक मै फोटो पोस्ट गर्छौ हेरी मात्रै राख
दाई र भाईका कुरा यहाँ पनि सकिएन यो देऊडाको भाग ३ मा ?????????????????????
दाई- पहिले पत्ता लगा उसको सक्छै भन्या तैले कसम खाया भाई तुलाई च्यालेन्ज दिया मैले

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 Skype- muskan20401

0 comments

भ्रष्ट अनि अपराधिको सञ्जाल बढे पछी ,

भ्रष्ट अनि अपराधिको सञ्जाल बढे पछी ,
शान्ति अधिकारी बाके २०७०
काम बिना लुटी खाने चण्डाल बढे पछी ।
कसरी देश उभो लाग्ला भन्देउ नेपाली हो , नेता ज्यू कै घर भित्र धनमाल बढे पछी ।
गाह्रो हुन्छ भत्काउन बिचार गर आजै , सीमा मिच्दै लागाएको प्रखाल बढे पछी ।
समस्याले आक्रान्त छन् गरीब सधै यहाँ , बाँच्न गाह्रो महङ्गि नै हरसाल बढे पछी ।
मात्र एक प्रश्न थियो जवाफ नदिई टार्यौ , टार्न सक्छौ ? जनताको सवाल बढे पछी ।
शान्ति अधिकारी बाके २०७०
0 comments

देउडा गीत,

देऊडा 
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम, हाल- फुजईराह यू.ए.ई.
केटा- एक पइयो टुटेर पड्यो मुम्बई रेल गाडीको फल खान पाईन्या होकि तेरा फुल बाडीको ?
केटी- अछाम रोड पक्कि भयो दौडन लाग्या गाडी फल खान पाईदो छ क्या अर्काका फुलभाडी ? 
केटा- केई फल चरिले खायो केई फल झरि खोला रुखै पाकी झर्नु भन्दा म खाया क्या होला ?
केटी- धेरै आँखा जन लगा पाक्याका फुलभाडी फल खाईजा कसरि भनु अर्काको हो बाडी ?
केटा- मैले त छुट्याउन पाईन सुन होईकि पितल खान दे पाक्याको दाना बसि जाऊ सितल ?
केटी- तबै तु गीत भन्दो होई कुरा बुझिकन फल खान दिदैन म त्यसा मुझिकन ?
केटा- नखानदिया पाक्याका फल काई रुखैमा कुन्ना
तेरो रस तुस्न्या अरु मै जस्ता कोई हुन्ना ?

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम, हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 Skype- muskan20401
0 comments

गजल .......अजम्बरी नाता साथीको भनी जाने आज !

      गजल
हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम


अजम्बरी नाता साथीको भनी जाने आज !
रगत भन्दा भावनाको ठुलो माने आज !!

जोडेको छु जीवनमा थुप्रै थुप्रै साइनोहरु !
सबैभन्दा चोखो पनि साथीको नै छाने आज !!

आफ्नो भन्ने कोही छैन क्षितिज पारि यहाँ !
दुख र सुखमा साथ दिने साथि ठाने आज !!

मिठो बोल मिठो हाँस दुइ दिनको जिवनमा !
बेकारमा चित्त दुखाई के नै छ र लाने आज !!

हातमा बोतल थालमा सुकुट्टी रमाइलो गर्न !
मित्रता दिवस मनाइ साथी संगै खाने आज !!

हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
0 comments

गजल ....... यता छाडी अन्त कतै फूलेका त छैनौ होला ,


शान्ति अधिकारी
बाके २०७
गजल

यता छाडी अन्त कतै फूलेका त छैनौ होला ,
बेहोसिमा कही कतै खुलेका त छैनौ होला ।

नाना थरी प्यास बोकी डुल्छ मान्छे यत्र तत्र ,
योवनको प्यास मेट्न डुलेका त छैनौ होला ।

यसै भन्न गाह्रो हुन्छ मायाको त्यो नशा भित्र ,
क्षण भर भुलाउन झुलेका त छैनौ होला ।

अविश्वासको आँधि चल्दा सोच्न बाध्य पारी दियो ,
त्यो मनमा अरु कोही हुलेका त छैनौ होला ।

प्रतिक्षाको लामो घडी तड्पाईमा काटेकी छु ,
खाएका ति वाचा कसम भुलेका त छैनौ होला ।

शान्ति अधिकारी
बाके २०७०
0 comments

देऊडा .....मान बहादुर के. शी.

देऊडा 
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली
दाई - आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई 
भाई- ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ 
दाई - तु त घर गयाको छि फर्की कईल आई नौकरी चल्याकै छ कि सञ्चै छैकी भाई 
भाई- एक महिना भयो दाई मलाई घर है आयाको सम्झन्छौ कि हजुर कईलई एक साथै खायाको
दाई - धुरुक्क रुदो छौ सम्झि म या कठै दैन त्या का जस्तो मोज मस्ति यू.ए.ई.मा छैन 
भाई- काई दु:ख पाया का छौकी त्यस्तो भन्या क्यान यता उता मन न लाउन काममा राख्नु ध्यान 
दाई- पार्टी हुदाई छन् कि भाउल्या शनिबार साँझ पाच छ जना साथै हुन्थ्याउ एक्लै छौ या आज 
भाई- त्यस्ता पार्टी दिन्या खालका कोइ छैन दाई साथी भाई क्या चाइन्या हुन तुम्रा त "बि" छदाई

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 ईमेल- shanti.sns2008@gmail.com
0 comments

देऊडा ........आमा हजुरले मेरा लागि जो कष्ठ उठाया .....

                        देऊडा 
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम 

१) आमा हजुरले मेरा लागि जो कष्ठ उठाया 
नौ महिना गर्भमा राख्या धेरै दु:ख पाया 

२) रुया बेला दुध पिलाया छोडि सबै काम
हाथ समाई हट्न सिकाया कठै मेरि आमा 

३) ढाई बर्ष दिया हजुरले काखको शितल छाया
अन्त काई नपाईदो रैछ आमा बुवाको माया 

४) बुवाले कमाई जमाई स्कुलमा पढाई
घुमाउदा छ्या सानै छदा आफ्नै कानमा चढाई 

५) पढाया लेखाया मलाई केई बनला भनि
धेरै दु:ख खाया बुवा हजुरले पनि 

६) "मुस्कान"धारा आशु बग्छन् अइल ति दिन देखि
सात समुन्द्र पार पुग्या उल्टो पढि लेखी 

७) बुढेसकाल आमा बुवाको सेवा गर्न पाईन
थुक्क मेरा फुट्या कर्म कईलई शुख आईन 

८) घर बुढा आमा बुवा मलाई सम्झी रुना
उनको सेवा गर्न छाडि म यू.ए.ई. कुना

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
मोबाईल- 00971-558523108 / 508627757
ईमेल- shanti.sns2008@gmail.com
0 comments

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

मीना पुमा राई
खोटाङ्ग
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

गुनासो छैन मलाई जुन डालीमा फुल्छौ फूल
हाँगामै झुल्छौ या पातमा जहाँ झुल्छौ झुल
कोमल मेरो छातीमा तिखो छुरा रोपेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

अजम्बरी भै बाँच चाहे ओइलिएर् भुइँमा झर
तिमीलाई कै भन्दिन जे मन लाग्छ त्यहि गर
निशासिदो बादल भित्र मलाई एक्लै छोपेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ
फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

मीना पुमा राई
खोटाङ्ग
0 comments

आशाको दियो जलेन भने मरेछ नभन्नु !

आशाको दियो जलेन भने मरेछ नभन्नु !
रबिन प्रधान "प्रतिक" 
खोटाङ्
जिउने झिनो सहारा पनि टरेछ नभन्नु !!

पर्खेर कति बसेकि हौली खबर नहुँदा !
मारेर माया समुन्द्र पारि तरेछ नभन्नु !!

खाएको थिएँ बाचा त मैले फर्केर आउंछु !
सन्देश सुन्दा घटना भित्र परेछ नभन्नु !!

सम्हाली राख सजाई कुनै मुटुको कुनामा !
म तिम्रै काले पराई सिउँदो भरेछ नभन्नु !!

महल खोज्दै शहर भरि बिर्सेर प्रित यो !
छोडेर झुप्रो बसाई अन्तै सरेछ नभन्नु !!

बिबस भई बाँच्नु नै पर्छ दैबको खेलमा !
भेट्टीने हाम्रो दोबाटो बन्द गरेछ नभन्नु !!

रबिन प्रधान "प्रतिक" 
खोटाङ्
0 comments

नारी माथि हत्या हिंशा बन्द गर्नु पर्छ !

नारी माथि हत्या हिंशा बन्द गर्नु पर्छ !
हरि सिंह माल "मुस्कान"
गोलुलेश्वर , बैतडी 
चोर डाका गुण्डा जति सबै मर्नु पर्छ !!

सृस्टिकी सिर्जना गर्ने तिनै नारी हुन् !
बलात्कारी पापीलाई त किरा पर्नु पर्छ !!

महिला माथि सधै हुने अत्याचार रोक्न !
गाउँदेखि शहर सम्म बिरोधमा उतर्नुपर्छ !!

चुलो देखि चौका सम्म घरको काम पुरै !
नारी पनि पुरुष सरह भन्ने ज्ञान छर्नुपर्छ !!

काली देवी उग्र चण्डी महाकाली रुप धर्ने !
महाकाल जस्तै भनि अलिकति डर्नुपर्छ !!

हरि सिंह माल "मुस्कान"
गोलुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
1 comments

घृणा गर्छौ मन अन्तै फर्के पछि थाहा पाएँ !

घृणा गर्छौ मन अन्तै फर्के पछि थाहा पाएँ !
रबिन प्रधान "प्रतिक" 
चिसापानी, खोटाङ्
अछुत भनि सुनपानी छर्के पछि थाहा पाएँ !!

सानो जात कहलिएँ तिम्रो ब्यवहार देखि !
छोइन्छ कि भनि पर तर्के पछि थाहा पाएँ !!

तिमी र म सँगै ज्यूनु सँगै मर्नु नहुने भो !
मिठो बोली बोल्दा पनि झर्के पछि थाहा पाएँ !!

बाँच्नलाई गार्हो रै'छ बिछोडको घाऊ सहि !
शिशा सरी मुटू मेरो चर्के पछि थाहा पाएँ !!

रुँदा खेरि किन भन्यौ मुल्य छैन त्यो आँसुको ?
बर्षाद झै अश्रु धारा दर्के पछि थाहा पाएँ !!

रबिन प्रधान "प्रतिक"
चिसापानी, खोटाङ्
0 comments

"गाउँले" आज शहरिया भयो दाम भएर

"गाउँले" आज शहरिया भयो दाम भएर
उ साहित्यकार भयो"गुरुवाली"नाम भएर
बिनोद सेन पाल्पाली 
पाल्पा 


खाएका कसम "मिलन"नभई बिछोड भयो
"सिरु"विरक्ति भैई मायाँमा छल-छाम भएर

"भावुक"निकै एकोहोरो हुन्छ "प्रकिति"देखेर
"कृष्ण"मुरली फुक्छ गोपिनी डाक्ने काम भएर

"अस्मि" "सावित्री" खिलाफी" "ढोली"गजल कोर्छ
"नविन"शैलीमा उर्जाशील, फेसबुकमा ठाम भएर

"रन्जना"ईस्वर प्रति दत्यचित्त भई "भक्ति" गर्छे
"पार्वती"सुसार गर्छे "महादेव"पतिको सांम भएर

बिनोद सेन पाल्पाली 
पाल्पा 
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger