Featured Post Today
print this page
Latest Post
Showing posts with label अन्य. Show all posts
Showing posts with label अन्य. Show all posts

गीत मीना पुमा राई खोटाङ्ग.....

गीत 

मीना पुमा राई 
खोटाङ्ग

नेपाली हौँ हामी आफु बाँची बचौं नेपाललाई 
नेपाली हौँ हामी आफु हाँसी हसौं नेपाललाई 

नगरौं है हेला हिङसा धर्म अनि जात जातिको 
रक्क्षा गरौँ बरु सधै हामी हाम्रो भाषा भाषीको
नसा नसा काटी हेरौं उस्ता उस्तै छ रातो रगत
मिली जुली गरौँ संघर्स एउटै छ हाम्रो जगत

उही हो माटो उस्तै बाटो पुर्ब देखि पश्चिमसम्म
हिमाल पहाड तराई मधेस उत्तर देखि दक्षिणसम्म
झरना खोला सुसाउ छ बन पाखामा गुरास रातै
चारै दिषा उज्यालो छाउछ जब हाँस्छ हिमाल सेतै 



मीना पुमा राई
खोटाङ्ग
0 comments

देऊडा.....मान बहादुर के सि...

देऊडा
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
१) धेरै खुशी भया हजुर यू.ए.ई.मा आज भनि हाल्छौ त्यो कुरा नि साथीभाईका माझ 
२) यू.ए.ई. आयाको भयो चार मैना सत्र दिन खबर सुनि छक्क पर्या म पनि एक छिन ? 
३) धेरै राम्रो लाग्यो गरे यै मुस्कान को काम नेपाली दाजु र भाईको यस्तै चलोस् नाम 
४) दिउसो चार बज्या तिर मैले खबर पाया अझै राम्रो काम गर्न्या मनमा कसम खाया  
५) कारखानाका ठुला ठुला अधिकारि आई अँगालो मा लि खेर दिन लाग्या बधाई  
६) अचम्म भ्या हजुर यानि मेरो काम देखि धित मर्दैन साचो कुरा देऊडा मा नलेखि 
७) ईस्वर सँग हाथ जोडेर गर्छौ प्राथाना यसरि नै हामी सबैको चलि जाऊ नामना

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७ Skype- muskan20401
0 comments

नारी माथि हत्या हिंशा बन्द गर्नु पर्छ !

नारी माथि हत्या हिंशा बन्द गर्नु पर्छ !
हरि सिंह माल "मुस्कान"
गोलुलेश्वर , बैतडी 
चोर डाका गुण्डा जति सबै मर्नु पर्छ !!

सृस्टिकी सिर्जना गर्ने तिनै नारी हुन् !
बलात्कारी पापीलाई त किरा पर्नु पर्छ !!

महिला माथि सधै हुने अत्याचार रोक्न !
गाउँदेखि शहर सम्म बिरोधमा उतर्नुपर्छ !!

चुलो देखि चौका सम्म घरको काम पुरै !
नारी पनि पुरुष सरह भन्ने ज्ञान छर्नुपर्छ !!

काली देवी उग्र चण्डी महाकाली रुप धर्ने !
महाकाल जस्तै भनि अलिकति डर्नुपर्छ !!

हरि सिंह माल "मुस्कान"
गोलुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
1 comments

Pushpa basnet Report __Sanjeev Final.wmv


Dhnayabaad 6 yasta nepali naari lai jo aafno matar swrth naheri saar jantako sewaa maa nai laagi aaj nepalko naam raklhnu bho...........
0 comments

सम्पूर्ण दिदीबहिनीहरुमा तिहारको शुभकामना !!!

                                  पोहोर सालको तिहारमा देउसी भैलो गाएको थे !

                           फुलको माला सप्तरंगी टिका पनि लाएको थे !!






0 comments

तिहारको उपलक्ष्यमा सम्पूर्ण साथीहरु ,दिदि बहिनी तःथा आफन्तजनमा हार्दिक मंगलमय सुभकामना !!!!

तिहारको उपलक्ष्यमा सम्पूर्ण साथीहरु ,दिदि बहिनी तःथाआफन्तजनमा हार्दिक मंगलमय सुभकामना !!!!

दाजु आउने मूल बाटो हेरी राखेकी छु !
नयाँ नयाँ लत्ता कपडा फेरी राखेकी छु !!

चारैतिर रङ्गी चंगी फुलहरु फुलेका छन् !
सप्तरंगी टिका लिई फोटो घेरी राखेकी छु !!


हरि सिंह माल " "मुस्कान
गोकुलेश्वर,बैतडी 
गाउँघर सुगन्ध छ मिठो खाना पकाएर !
आर्सा , सेल रोटी अनि जेरी राखेकी छु !!

सबका भाई घर आए मेरा दाजु प्रदेशमा !
हातमा चुरा पहेंलो सारी बेरी राखेकी छु !!

खेत भरी धानबाली लह लह झुलेका छन् !
काटी चुटी भित्र हाली आधा सेरी राखेकी छु !!

हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी
1 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger