Featured Post Today
print this page
Latest Post
Showing posts with label देउडा गीत. Show all posts
Showing posts with label देउडा गीत. Show all posts

गजल

 गजल

 निस्ठुरीले छोडी जादा पीउनै परदो रै'छ !  

सहारामा याद जिउनै परदो रैछ !!

 सपना देखेर बिचै बाटो छोडी जादा ! 

 छिया छिया यो परिवार सिउनै परदो रैछ !!

 द्वै टाटो एउटै एक्लै छोडी गए !  

भट्टीतिर बोतलको साथ लिउनै पर्दो रै'छ !!

 छोडी जाने बैगुनी खुले आसा दिदा !  

जीवन नै उसकै यादमा खिउनै परदो रैछ !! 







0 comments

तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो

========== देऊडा ===========
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )

१) तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो गाऊघर सम्झि हजुर मेरो कलेजि खाईसक्यो 
२) दश चोटि सम्झनो आज गाऊका बन पाखा आसुँका भेल झर्न लाग्या "मुस्कान"का आँखा 
३) कोई जान्ना किनमेल गर्नु कोई जान्ना गमारा यस पाली नलाईन्या भईयो दशैँको जमारा ??
४) फोन गरि कुरा गर्या घरमा हिजो साँझ प्रबाशी जिबन क्या हो थाहा पाया आज ?? 
५) रुन लागि मेरि मुन्ना फोनमा सुक्क सुक्क छोरा भन्दा पप्पा हामीले मान्याको छ दु:ख ??
६) ज्या भयानि साथी सँगि सबै खुशी हुनु म एक्लै भर भरि रुया हजुरले नरुनु ??
७) सक्न्या भया मेटाई दिन्या भाबिनीका होरा कईल सुख हुन्या हुन्ना यै फुट्याका खोरा ??
८) मनको ब्यथा पोख्या मैले देऊडा गीत बनाई सबको दशैँ राम्रै जावोस् शुभकामना हजुरलाई

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७ Skype- muskan20401
0 comments

देऊडा.....http://hamrobaitadi.blogspot.com/

=========== देऊडा ============
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
आमा- बात कुशल कसो छ छोरा तु त्या सञ्चै छै कि? यस पाली बिजया दशै घर आउन्या है कि ??
छोरा- हजुरका हाथको टिका यै साल लाउन्न आमा अर्का दशै पक्का आउँला यै साल आउन्न आमा
आमा- मुखतिको बडादशै घर आईजा छोरा 
अरु केई नभया पनि टिका लाईजा छोरा
छोरा- यसपाली यतिकै भईगो अर्का दशै आउँला हजुरका हाथका मिठा सेल रोटी खाउला 
आमा- आईजा छोरा घर फर्की कमाई खाल्लाई सेरो यै साल आउँदैन भनि चित्त दुखाई मेरो  
छोरा- दु:खारी हुनाले होकि दिन भन्दा रात लामा कलेजामै लाग्यो बचन कठै मेरी आमा 
आमा- तेरा खेत बाजाइछन् त्यसाई अरुका बाई सक्यो छोरा तेरा सम्झना ले मन मुटु खाई सक्यो 
छोरा- कमाई हालु यै बर्ष फर्की आउँला फेरि पक्का पुग्छौ अर्का दशै बस्नु बाटो हेरि

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७ skype- muskan20401
0 comments

देऊडा.....मान बहादुर के सि...

देऊडा
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
१) धेरै खुशी भया हजुर यू.ए.ई.मा आज भनि हाल्छौ त्यो कुरा नि साथीभाईका माझ 
२) यू.ए.ई. आयाको भयो चार मैना सत्र दिन खबर सुनि छक्क पर्या म पनि एक छिन ? 
३) धेरै राम्रो लाग्यो गरे यै मुस्कान को काम नेपाली दाजु र भाईको यस्तै चलोस् नाम 
४) दिउसो चार बज्या तिर मैले खबर पाया अझै राम्रो काम गर्न्या मनमा कसम खाया  
५) कारखानाका ठुला ठुला अधिकारि आई अँगालो मा लि खेर दिन लाग्या बधाई  
६) अचम्म भ्या हजुर यानि मेरो काम देखि धित मर्दैन साचो कुरा देऊडा मा नलेखि 
७) ईस्वर सँग हाथ जोडेर गर्छौ प्राथाना यसरि नै हामी सबैको चलि जाऊ नामना

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७ Skype- muskan20401
0 comments

देऊडा भाग २ ....मुस्कान देऊडाप्रेमी ..........

========= देऊडा भाग २ =========
दाई- या मेरो मुटु जलाउन्या त्यसो क्यान भनि साथीभाई सँग       भेट्न्या बस्या छौ दिन गनि भाई- सोग चिन्ता केई जन मान्नु खानु दन दन "बि" सँग भेट हुन्या दिन गन्छौ भन पन दाई- गीत फेरि जम्दा भया दाई भाई दुईका मुटु च्यास्स भयो मेरो कुरा गरि उईका भाई- अस्ति पनि लेख्याका छ्या सपनामा आई अब मैले कहाँ छोड्छौ "बि"को पत्ता नलाई दाई- कति आया कति गया "बि"को पत्ता लाउन्या नाऊ गाऊ नै थाहा छैन भन्या कसहरि राउन्या ? भाई- जासजुस गर्न लाग्याको छौ पहिला का छ्या जादा कसम खाया "बि"को पत्ता लगाई छोड्छौ दादा दाई- बानी तलाई थाह छैन कि तेरा "मुस्कान" दाईको कति दम छ बिचार गर्छौ मैले पनि भाईको भाई- "बि" पत्ता नलागौ भनि देवी देऊता भाक फेसबुक मै फोटो पोस्ट गर्छौ हेरी मात्रै राख
दाई र भाईका कुरा यहाँ पनि सकिएन यो देऊडाको भाग ३ मा ?????????????????????
दाई- पहिले पत्ता लगा उसको सक्छै भन्या तैले कसम खाया भाई तुलाई च्यालेन्ज दिया मैले

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 Skype- muskan20401

0 comments

देउडा गीत,

देऊडा 
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम, हाल- फुजईराह यू.ए.ई.
केटा- एक पइयो टुटेर पड्यो मुम्बई रेल गाडीको फल खान पाईन्या होकि तेरा फुल बाडीको ?
केटी- अछाम रोड पक्कि भयो दौडन लाग्या गाडी फल खान पाईदो छ क्या अर्काका फुलभाडी ? 
केटा- केई फल चरिले खायो केई फल झरि खोला रुखै पाकी झर्नु भन्दा म खाया क्या होला ?
केटी- धेरै आँखा जन लगा पाक्याका फुलभाडी फल खाईजा कसरि भनु अर्काको हो बाडी ?
केटा- मैले त छुट्याउन पाईन सुन होईकि पितल खान दे पाक्याको दाना बसि जाऊ सितल ?
केटी- तबै तु गीत भन्दो होई कुरा बुझिकन फल खान दिदैन म त्यसा मुझिकन ?
केटा- नखानदिया पाक्याका फल काई रुखैमा कुन्ना
तेरो रस तुस्न्या अरु मै जस्ता कोई हुन्ना ?

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम, हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 Skype- muskan20401
0 comments

देऊडा .....मान बहादुर के. शी.

देऊडा 
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली
दाई - आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई 
भाई- ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ 
दाई - तु त घर गयाको छि फर्की कईल आई नौकरी चल्याकै छ कि सञ्चै छैकी भाई 
भाई- एक महिना भयो दाई मलाई घर है आयाको सम्झन्छौ कि हजुर कईलई एक साथै खायाको
दाई - धुरुक्क रुदो छौ सम्झि म या कठै दैन त्या का जस्तो मोज मस्ति यू.ए.ई.मा छैन 
भाई- काई दु:ख पाया का छौकी त्यस्तो भन्या क्यान यता उता मन न लाउन काममा राख्नु ध्यान 
दाई- पार्टी हुदाई छन् कि भाउल्या शनिबार साँझ पाच छ जना साथै हुन्थ्याउ एक्लै छौ या आज 
भाई- त्यस्ता पार्टी दिन्या खालका कोइ छैन दाई साथी भाई क्या चाइन्या हुन तुम्रा त "बि" छदाई

मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी ) सँगमटोल टिकापुर ७ डौनपुर कैलाली हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 ईमेल- shanti.sns2008@gmail.com
0 comments

देऊडा ........आमा हजुरले मेरा लागि जो कष्ठ उठाया .....

                        देऊडा 
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम 

१) आमा हजुरले मेरा लागि जो कष्ठ उठाया 
नौ महिना गर्भमा राख्या धेरै दु:ख पाया 

२) रुया बेला दुध पिलाया छोडि सबै काम
हाथ समाई हट्न सिकाया कठै मेरि आमा 

३) ढाई बर्ष दिया हजुरले काखको शितल छाया
अन्त काई नपाईदो रैछ आमा बुवाको माया 

४) बुवाले कमाई जमाई स्कुलमा पढाई
घुमाउदा छ्या सानै छदा आफ्नै कानमा चढाई 

५) पढाया लेखाया मलाई केई बनला भनि
धेरै दु:ख खाया बुवा हजुरले पनि 

६) "मुस्कान"धारा आशु बग्छन् अइल ति दिन देखि
सात समुन्द्र पार पुग्या उल्टो पढि लेखी 

७) बुढेसकाल आमा बुवाको सेवा गर्न पाईन
थुक्क मेरा फुट्या कर्म कईलई शुख आईन 

८) घर बुढा आमा बुवा मलाई सम्झी रुना
उनको सेवा गर्न छाडि म यू.ए.ई. कुना

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
मोबाईल- 00971-558523108 / 508627757
ईमेल- shanti.sns2008@gmail.com
0 comments

देउडा गीत......मान बहादुर के सि (मुस्कान)


मान बहादुर के सि (मुस्कान)

सँगमटोल टिकापुर ७ कैलाली 

========= डेऊडा =========

स्वास्नी- राम राजा आयोध्या नगर सिता रुनिन बन 
            घरको सम्झना छकि प्रदेशिका मन 
लोग्ने-   गाई बेचु कोलणो बेचु भाल्याको ब्या गरु 
            लाग्यो रिन जसाको तसै घर सम्झि क्या गरु 
स्वास्नी- बाली खेत राता धान बाक्लाई पड्या निन 
            बाली बैस एक्ली बस्नु क्या लाग्या हुन दिन 
लोग्ने-  घर परिवार सबै सँग मिलिजुली खानु 
           बाली बैस समालि राखनु माईतमा नजानु 
स्वास्नी- बाली बैस बहुलो जोबन कसो कसो हुदो 
           राति साईका सैना देख्तो घोप्टी पडि रुदो 
लोग्ने- मुम्बई है रेल गाडी आयो जिबन थरकाई थरकाई 
           लाउनु बचन लाई बिचारि मेरो मुटु चरकाई 



स्वास्नी- गडामाई हलबल्ल छाडि गडामाई मइ छाडि 
             तम्रा मुम्बई आग लागि जाऊ घर बैसकि जोई छाडि 
लोग्ने- म पारी तरन्या थिया नित्र गंगा नित्र 
          बाटो हेर तु घर पुग्छौ अब चार दिन भित्र 


                                                        मान बहादुर के सि (मुस्कान


                                                            सँगमटोल टिकापुर ७ कैलाली                                               
                                                                 हाल- शान्ति शास्कृतिक नेपाली समाज वापी 
                                                                मोबाईल- 09904015722 /       

09510648597 
                                                                                
                                                                     ई-मेल- shanti.sns2008@gmail.com


                                                              posted by हरि सिंह माल "मुस्कान"
0 comments

LOVELYSANU.....deuda geet...सुदुर्पस्चिमको लोक संस्कृति ................

1 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger