Featured Post Today
print this page
Latest Post
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts



गजल 

बिरानो ठाउँ प्रदेसी मान्छे अहिले नि आउदिन !

अर्कैको ठाउँमा नोकरी गर्नु छुट्टि नि पाउदिन !! 

 

मलाई नै पर्खि नबस्नु दिदी तिहारको दिनैमा !

नउने बैनी फुलको माला अहिले नि लाउदिन !!

 

थालमा टिका दैलो मा ओखर राखेर रोइ होलि !

खेल्नु है साथि धौसि र भैलो म भने गाउदिन !! 

 

रंगी र चंगी त्यो दियो बत्ति बाले है आगनमा !

दिनहरु गन्दै बसेछु प्रिया अहिले त धाउदिन !!

 

नरुनु आमा मलाई नै सम्झी त्यो झुप्रो दैलोमा !

नतिरी ऋण झुपडी घरको छाना त्यो छाउदिन !!

 

हरि सिंह माल "मुस्कान"

गोकुलेश्वर , बैतडी 

सुन्दर सुदुर पश्चिम 

हाल : सात समुद्र पारि बाट

0 comments

गजल

 गजल

 निस्ठुरीले छोडी जादा पीउनै परदो रै'छ !  

सहारामा याद जिउनै परदो रैछ !!

 सपना देखेर बिचै बाटो छोडी जादा ! 

 छिया छिया यो परिवार सिउनै परदो रैछ !!

 द्वै टाटो एउटै एक्लै छोडी गए !  

भट्टीतिर बोतलको साथ लिउनै पर्दो रै'छ !!

 छोडी जाने बैगुनी खुले आसा दिदा !  

जीवन नै उसकै यादमा खिउनै परदो रैछ !! 







0 comments

गजल

गजल 

बल्ल मलाई थाहा भयो तिम्रो कथा पढेपछि !

सोध्न आई बस्यौ अरे बिस्तरामा लडेपछि !!

जिन्दगीको चौतारीमा साथ सधैँ दिन्छु भनि !

निभाउन खोज्यौ तिम्ले डढेलोमा डढेपछि !!

बाँचा गर्यौ चौतारीको बर पिपल साक्षि राखी !

पिरतिको तिखो काँडा मुटुभित्र गढेपछि !!

माया गर्छु धोका दिन्न सयौ जुनी सँगै भनि !

हात दिन आयौ अरे नदि दोभान अडेपछि !!

नबगाउ आँशु अब अर्कै सँग नाता गाँसी !

पराईको अँगालोमा जन्ती डोली चढेपछि !!

हरि सिंह “माल”

गोकुलेश्वर ,बैतडी

महाकाली ,नेपाल .






0 comments

 गजल 

बैसालु त्यो जोवन तिम्रो सकिन नि किन्न नानु !
जाली रैछ तिम्रो माया सकिन नि चिन्न सानु !!

धेरै दिए माया प्रिती सजाए नौ तिमीले नै
भयो अब नआउ यता बाँकी दिल दिन्न सानु !!

मुटु अनि धड्कन भित्र सजाएर राखेको थे !
नाता तोडी अन्तै गयौ मन भयो खिन्न सानु !!

धेरै भयो छुटेको नि अब माया मार्यौ होला !
पुग्यो अब चाहिदैन तिम्रो माया लिन्न सानु !!

बाँचा बन्धन खाएका थे संगै जिउने मर्ने भन्दै
त्यो बचनले लगाएको ऋण अब छिन्न सानु !!

हरि सिंह माल "मुस्कान"

गोकुलेश्वर , बैतडी 

सुन्दर सुदुर पश्चिम 




 

0 comments

गजल .......मनको घाउ दुखेको बेला झर्केर नहेर !

गजल
हरि सिंह माल “मुस्कान”
   गोकुलेश्वर , बैतडी
  सुन्दर सुदुर पश्चिम
मनको घाउ दुखेको बेला झर्केर नहेर !
बिचमै एक्लै छोडेर गयौ फर्केर नहेर !!

अतित सम्झी आएको थिए घरको छेउमै !
बाटैमा भेट्दा यसरी आँखा तर्केर नहेर !!

भुलेछौ प्रिया बसेका सबै गाउँका पखेरा !
मारेर माया गएसी अब पर्खेर नहेर !!

अर्कैको हात सिउदो रातै भरेर गएछौ !
ओडेको घुम्टो उघारी अब सर्केर नहेर !!


0 comments

गजल ..... परदेशीको मन मुटु रुवाएर गयो दशैं !

गजल
हरि सिंह माल "मुस्कान' गोकुलेश्वर , बैतडी सुन्दर सुदुर पश्चिम




परदेशीको मन मुटु रुवाएर गयो दशैं ! गहभरी फेरी आँसु चुहाएर गयो दशैं !! मिठो खाने राम्रो लाउने गरे होला हुने ले त गरिबलाई आटो पिठो खुवाएर गयो दशैं !! सम्झदै छु संगै खेल्ने साथिहरु रमाउदै हुन् यस्तै यादमा मलाई भने भुलाएर गयो दशैं !! बिरानो यो क्षितिजपारी बसे कति तड्पिएर परदेशीको उठ्को हाँसो लुकाएर गयो दशैं !! जसो तसो खायौ लायौ चाड मनायौ तर कठै ! गरीबलाई तमासुक पो बुझाएर गयो दशैं !! हरि सिंह माल "मुस्कान' गोकुलेश्वर , बैतडी सुन्दर सुदुर पश्चिम हाल : क्षितिज पारी बाट
0 comments

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा !
निधारको टिका कानमा जमरा लाउदिन दशैंमा !!
हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर बैतडी

यसपाली पनि परदेशी भयो घर आउन सकिन !
बाबाको आशिष आमाको माया पाउदिन दशैंमा !!

रंगी र चंगी गाउँ घर होला दशैं र तिहार मा !
म आउने बाटो नहेर्नु आमा धाउदिन दशैंमा !!

संगैका साथि पिङ खेल्दै गर्नु  रमाई रमाई !
सारंगी रेट्दै दोहोरी भाका गाउदिन दशैंमा !!

हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर बैतडी
सुन्दर सुदुर पश्चिम

2 comments

अभावै अभावमा सधाभर जलेर..........

अभावै अभावमा सधाभर जलेर
पूर्ण कान्छा गुरुङ 
ओखलढुंगा
नफुल्दै जवानी गयो लौ ढलेर 

सुने नौ तिमीले यसो भन्छ कोही 
हरे राम बित्यो दिन लिपिस्टिक दलेर 

खुशीका पिपीरा रहेनन् नि मेरा 
उडायो सबै यी बतास झन् चलेर 

न रुने न हाँस्ने बनायो उसैले 
उसैको छ माया म भित्रै बलेर 

तिमीले नि मै माथि पो बान पठायौ 
अझै सम्म बाच्या छु त्यो बान छलेर 

१२२ १२२ १२२ १२२

पूर्ण कान्छा गुरुङ 
ओखलढुंगा
0 comments

यसपाली नी जमरा, सुक्ने भयो आमा॥

"गजल"

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर

यसपाली नी जमरा, सुक्ने भयो आमा॥
यो दशैँको रातो टिका, चुक्ने भयो आमा॥

साथी भाई सँग सँगै, रमाउने मेरो॥
चाहाना त्यो सबै सबै, लुक्ने भयो आमा॥

सानो छँदा ढाँका टोपी, हाँस्दै लाको शिर॥
पोहोर झैँ प्रवाशमै, झुक्ने भयो आमा॥

खुशी हुँदै मेरोलागी, नानीले उनेको॥
सयपत्री माला फेरी, फूक्ने भयो आमा॥

जताततै झिलीमिली, देउसी र भैलो॥
सम्झि सम्झि मेरो मन, दुख्ने भयो आमा॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
0 comments

नटाल मुटु उध्रिन सक्छ

गजल
जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

नटाल मुटु उध्रिन सक्छ 
पुरानो घाऊ बल्झिन सक्छ||

नमाग जून उ संग तिमी
नझार्न सक्छ नदिन सक्छ||

छाडेर नजाउ त्यो मुटु यहाँ
सम्हाली राख टुक्रिन सक्छ||

तोकेर सिमा गजलको क्षेत्र
अबोध बालख उफ्रिन सक्छ||

बैसाखी टेक्दै हजुर हिन्नुस्
गाँउले आँफै उभ्भिन सक्छ||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
0 comments

याद गर जीवन नहुन सक्छ आजको भोलीमा

गजल-
पूर्ण कान्छा गुरुङ 
ओखलढुंगा

याद गर जीवन नहुन सक्छ आजको भोलीमा
बिष र अमृत दुबै थोक् पाएँ मान्छेको बोलीमा 

नछुदै बुझ्नु सबैमा भन्नु यहि नै भलो छ 
जे पनि हुन्छ बाटोको छेउमा राखेको झोलीमा 

यो देश हाक्ने नाइकेको कुरा गर्नु नै हो भने 
तार्दिनु पर्छ कमिला सधै हिडेको खोलीमा 

देशमा हाम्रो देखिने भन्ने यहि नै बिकाश छ
भेट्टीन छाडे नेपाली लाई दौरा र चोलीमा

बोलाई उसले पहिलो पल्ट चलचित्र देखाई
हेरे रै बसे म टुलु टुलु चडी गई डोलीमा

पूर्ण कान्छा गुरुङ
ओखलढुंगा
0 comments

यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //
पर्खिएर दिन त्यो सारा हेरछ सधै म हिड्ने बाटो //

एक छिन् नदेख्दा कती आतिंछन् माया गर्नेहरु //
तर उ त् कठैबरा हेरछ सधै म हिड्ने बाटो //...

छट्प्टीनछ नजर उसको म देख्छु कती आतीनछ उ //
भन्दैन त्यो पिडा विचरा हेरछ सधै म हिड्ने बाटो //

नबोलेरै चित्त बुझाई सम्झनाको पोको बनाई बस्छ //
एस्तो छ जो कर्महारा हेरछ सधै म हिड्ने बाटो //

सरु काली
0 comments

गजल भन्छ मुर्ख आकासमा घर बनाउछु ,

  • गजल
    शान्ति अधिकारी
    बाके २०७०


    भन्छ मुर्ख आकासमा घर बनाउछु , माया गर्ने मायालुलाई पर बनाउछु ।
    चमत्कार भनु या त ज्ञान बिज्ञानको, गफै लायो नारीलाई नर बनाउछु ।
    बिनास नै गर्ने भयो उल्टा बुद्घि लगाई, भन्छ अझै पिपलुलाई बर बनाउछु ।
    रोजगारी दिलाउछु पर्ख युवा वर्ग , आकास धर्ति जोड्नलाई डगर बनाउछु ।
    नागासाकी हिरोसिमा ध्वस्त पारे जस्तै ‘शान्ति’लाई तर्साउने डर बनाउछु ।
    शान्ति अधिकारी बाके २०७०

0 comments

बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी ,

गजल

शान्ति अधिकारी बाके मिति २०७०
बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी , दुःख अनि पिडा खप्दै चल्नु रै’छ जिन्दगानी । बिकृति र बिसगंती भित्र जिउन गाह्रो हुदा , पानी हैन आशु पिउदै गल्नु रै’छ जिन्दगानी । देश भित्र नातावाद कृपावाद बढे पछि , ठुला बडा भन्नेको पाउ मल्नु रै’छ जिन्दगानी । बाध्यतामा ईज्जत सगै स्वाभिमान बेच्नु पर्दा, पछुतोको अग्नि भित्र जल्नु रै’छ जिन्दगानी । सुख ‘शान्ति’ कस्तो हुन्छ थाहै नपाई अभावमा बुढो रुख ढले सरी ढल्नु रै’छ जिन्दगानी ।

शान्ति अधिकारी बाके मिति २०७०
0 comments

गजल जती चोट दिन्छौ देउ छाती थापी सहुँला म

गजल 

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी 

जती चोट दिन्छौ देउ छाती थापी सहुँला म 
छोडी जाने भए जाउ प्रतिक्षा मै रहुँला म|१| 

यही बेला पोखीहाल गुनासो छ भने केही
के भरोषा जिन्दगीको भोलि हुँला नहुँला म|२|

छाती भित्रै गाँठोपार नखोल भो वेदना ती
मुटु नै छ मेरो पनी भावनामा बहुँला म |३|

के सुन्छौ खै दु:खभरी काहानी छ जिन्दगीको
सुन्ने भए चुपचाप बस भोगे जती कहुँला म|४|

बे ठेगान जिन्दगी छ लक्ष बिहिन "गाँउलेको"
जता लान्छ जिन्दगीले उता उतै जहुँला म|५|

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
हाल- साउदी अरब
0 comments

तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव ///

तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव ///
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

सारिक हुन्छौ प्रत्येक रत मीठो मीठो बातमा चन्द्रदेव //

मोबाइलका दुइ चार कुरा तस्बिर उनको साथमा बोकी //
सपनी मा संगै हुन्छन उठ्दा सिरक साथमा चन्द्रदेव //

कोसौ मिलको दुरी अनी नौ डाडा को फरक बिचमा ////
हातमा उनको चिनो अनी याद केवल साथमा चन्द्रदेव //

रातमा जुनको साथ अनी निद हुदैन यी आखामा //////
तिमी पनि छोडी जान्छौ बिहानी को प्रात्मा चन्द्रदेव ///

कपी कलम संगै उसलाई कैद गरे गजल भित्र ////////
खोजि हेर उसकै नाऊ पाउछौ खामको खातमा चन्द्रदेव///
0 comments

गजल, यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //

यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

पर्खिएर दिन त्यो सारा हेरछ सधै म हिड्ने बाटो //

एक छिन् नदेख्दा कती आतिंछन् माया गर्नेहरु //
तर उ त् कठैबरा हेरछ सधै म हिड्ने बाटो //...

छट्प्टीनछ नजर उसको म देख्छु कती आतीनछ उ //
भन्दैन त्यो पिडा विचरा हेरछ सधै म हिड्ने बाटो //

नबोलेरै चित्त बुझाई सम्झनाको पोको बनाई बस्छ //
एस्तो छ जो कर्महारा हेरछ सधै म हिड्ने बाटो //

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

2 comments

गजल हैन साँच्चै हैन म नामी गजलकार ,

हैन साँच्चै हैन म नामी गजलकार ,
शान्ति अधिकारी बाके २०७०
तिमीले सोचे जस्तो दामी गजलकार ।
कोही रोगी मनका भेट्छु कोही तनका , कसरी बन्ने होला धामी गजलकार ।
लेख्नु मात्र ठुलो हैन बन्न सक्नु पर्छ , रिती तिथि संस्कृती थामी गजलकार ।
अन्यायको बिरुद्वमा बोल्दै गरीवको , बनुला र ? हृदय छामी गजलकार ।
ठुला हिड्छन घमण्डमा साना अटेरी , कता तिर जाने हो हामी गजलकार ।

शान्ति अधिकारी बाके २०७०
0 comments

पिउने तिमी पिलाउने दाता खोज्नु पर्यो ,

पिउने तिमी पिलाउने दाता खोज्नु पर्यो ,
शान्ति अधिकारी बाके २०६९
सबै कुरा मिलाउने दाता खोज्नु पर्यो ।
टर्रो बोलि व्यवहारले मनै फाटि सक्यो , त्यही मन सिलाउने दाता खोज्नु पर्यो ।
परीश्रम गरे खेती हुन्छ भन्दै थिए , पाखो बारी जिलाउने दाता खोज्नु पर्यो ।
आन्तरीक द्धन्द भित्र पिल्सि बसेकालाई , अधिकार दिलाउने दाता खोज्नु पर्यो ।
सधै रुदै बाँचेकालाई 'शान्ति' दिए पछि , असिना झै बिलाउने दाता खोज्नु पर्यो ।

शान्ति अधिकारी बाके २०६९
0 comments

ओइलायो फुल चारै तिर झार छ आज

ओइलायो फुल चारै तिर झार छ आज !
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

किन किन खै मन यो मन दोधार छ आज !!

मुखमा राम बगलीमा छुरा भिर्ने भिड भित्र ! रोमालिए केवल आशा आधार छ आज !!

भनाइ र गराई मा आकाश पाताल फरक भेटे ! म हिड्ने बाटोमा तरवारको धार छ आज !!

आखा चिम्ली गरेको बिस्वास को क्ष्यति भयो ! हिड्न खोज्छु खुट्टा बन्ने तार छ आज !!

बाचा र बोलीमा टुंगो नहुने प्राणी मानिस रैछ ! उफ्फ़ मान्छे हुनु पनि केवल बेकार छ आज !!

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २
2 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger