Featured Post Today
print this page
Latest Post

देऊडा ........आमा हजुरले मेरा लागि जो कष्ठ उठाया .....

                        देऊडा 
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम 

१) आमा हजुरले मेरा लागि जो कष्ठ उठाया 
नौ महिना गर्भमा राख्या धेरै दु:ख पाया 

२) रुया बेला दुध पिलाया छोडि सबै काम
हाथ समाई हट्न सिकाया कठै मेरि आमा 

३) ढाई बर्ष दिया हजुरले काखको शितल छाया
अन्त काई नपाईदो रैछ आमा बुवाको माया 

४) बुवाले कमाई जमाई स्कुलमा पढाई
घुमाउदा छ्या सानै छदा आफ्नै कानमा चढाई 

५) पढाया लेखाया मलाई केई बनला भनि
धेरै दु:ख खाया बुवा हजुरले पनि 

६) "मुस्कान"धारा आशु बग्छन् अइल ति दिन देखि
सात समुन्द्र पार पुग्या उल्टो पढि लेखी 

७) बुढेसकाल आमा बुवाको सेवा गर्न पाईन
थुक्क मेरा फुट्या कर्म कईलई शुख आईन 

८) घर बुढा आमा बुवा मलाई सम्झी रुना
उनको सेवा गर्न छाडि म यू.ए.ई. कुना

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
मोबाईल- 00971-558523108 / 508627757
ईमेल- shanti.sns2008@gmail.com
0 comments

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

मीना पुमा राई
खोटाङ्ग
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

गुनासो छैन मलाई जुन डालीमा फुल्छौ फूल
हाँगामै झुल्छौ या पातमा जहाँ झुल्छौ झुल
कोमल मेरो छातीमा तिखो छुरा रोपेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

अजम्बरी भै बाँच चाहे ओइलिएर् भुइँमा झर
तिमीलाई कै भन्दिन जे मन लाग्छ त्यहि गर
निशासिदो बादल भित्र मलाई एक्लै छोपेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ
फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेरगयौ

मीना पुमा राई
खोटाङ्ग
0 comments

आशाको दियो जलेन भने मरेछ नभन्नु !

आशाको दियो जलेन भने मरेछ नभन्नु !
रबिन प्रधान "प्रतिक" 
खोटाङ्
जिउने झिनो सहारा पनि टरेछ नभन्नु !!

पर्खेर कति बसेकि हौली खबर नहुँदा !
मारेर माया समुन्द्र पारि तरेछ नभन्नु !!

खाएको थिएँ बाचा त मैले फर्केर आउंछु !
सन्देश सुन्दा घटना भित्र परेछ नभन्नु !!

सम्हाली राख सजाई कुनै मुटुको कुनामा !
म तिम्रै काले पराई सिउँदो भरेछ नभन्नु !!

महल खोज्दै शहर भरि बिर्सेर प्रित यो !
छोडेर झुप्रो बसाई अन्तै सरेछ नभन्नु !!

बिबस भई बाँच्नु नै पर्छ दैबको खेलमा !
भेट्टीने हाम्रो दोबाटो बन्द गरेछ नभन्नु !!

रबिन प्रधान "प्रतिक" 
खोटाङ्
0 comments

नारी माथि हत्या हिंशा बन्द गर्नु पर्छ !

नारी माथि हत्या हिंशा बन्द गर्नु पर्छ !
हरि सिंह माल "मुस्कान"
गोलुलेश्वर , बैतडी 
चोर डाका गुण्डा जति सबै मर्नु पर्छ !!

सृस्टिकी सिर्जना गर्ने तिनै नारी हुन् !
बलात्कारी पापीलाई त किरा पर्नु पर्छ !!

महिला माथि सधै हुने अत्याचार रोक्न !
गाउँदेखि शहर सम्म बिरोधमा उतर्नुपर्छ !!

चुलो देखि चौका सम्म घरको काम पुरै !
नारी पनि पुरुष सरह भन्ने ज्ञान छर्नुपर्छ !!

काली देवी उग्र चण्डी महाकाली रुप धर्ने !
महाकाल जस्तै भनि अलिकति डर्नुपर्छ !!

हरि सिंह माल "मुस्कान"
गोलुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
1 comments

घृणा गर्छौ मन अन्तै फर्के पछि थाहा पाएँ !

घृणा गर्छौ मन अन्तै फर्के पछि थाहा पाएँ !
रबिन प्रधान "प्रतिक" 
चिसापानी, खोटाङ्
अछुत भनि सुनपानी छर्के पछि थाहा पाएँ !!

सानो जात कहलिएँ तिम्रो ब्यवहार देखि !
छोइन्छ कि भनि पर तर्के पछि थाहा पाएँ !!

तिमी र म सँगै ज्यूनु सँगै मर्नु नहुने भो !
मिठो बोली बोल्दा पनि झर्के पछि थाहा पाएँ !!

बाँच्नलाई गार्हो रै'छ बिछोडको घाऊ सहि !
शिशा सरी मुटू मेरो चर्के पछि थाहा पाएँ !!

रुँदा खेरि किन भन्यौ मुल्य छैन त्यो आँसुको ?
बर्षाद झै अश्रु धारा दर्के पछि थाहा पाएँ !!

रबिन प्रधान "प्रतिक"
चिसापानी, खोटाङ्
0 comments

"गाउँले" आज शहरिया भयो दाम भएर

"गाउँले" आज शहरिया भयो दाम भएर
उ साहित्यकार भयो"गुरुवाली"नाम भएर
बिनोद सेन पाल्पाली 
पाल्पा 


खाएका कसम "मिलन"नभई बिछोड भयो
"सिरु"विरक्ति भैई मायाँमा छल-छाम भएर

"भावुक"निकै एकोहोरो हुन्छ "प्रकिति"देखेर
"कृष्ण"मुरली फुक्छ गोपिनी डाक्ने काम भएर

"अस्मि" "सावित्री" खिलाफी" "ढोली"गजल कोर्छ
"नविन"शैलीमा उर्जाशील, फेसबुकमा ठाम भएर

"रन्जना"ईस्वर प्रति दत्यचित्त भई "भक्ति" गर्छे
"पार्वती"सुसार गर्छे "महादेव"पतिको सांम भएर

बिनोद सेन पाल्पाली 
पाल्पा 
0 comments

अस्तित्वको लडाँई, जारी रहनेछ

अस्तित्वको लडाँई, जारी रहनेछ
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
जब सम्म पिठ्युमा भारि रहने छ |

कर्मले डोर्याएर जता लगे पनि
दु:ख सदैब वारि -पारि रहनेछ |

जिन्दगीको डोरलाइ अगाडी बडाउन
हरपल अगाडी नारि रहनेछ |

भोली देश हराएको सुचना आउला
वैरीले सिमा स्तम्भ सारी रहनेछ |

पैसाको अहमता बोक्नेहरु संधै
जता सुकै गए नि भिखारी रहनेछ |


साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
0 comments

सधैँ साँझमा उनको याद आउँछ

सधैँ साँझमा उनको याद आउँछ
राजेन्द्र तारकिणी
    बैतडी 


      
त्यही माझमा गुनको याद आउँछ

पूर्णिमाबिना तारालाई हेर्दा
खल्लो रातमा जूनको याद आउँछ

रिसाएर उनी भन्थिन् यसो–
गहुँ पिसानमा घुनको याद आउँछ ?

मणि जडेको फुली थ्यो उनको
बाटुलो नाकमा सुनको, याद आउँछ

यादहरूमा म घुल्न थालेँ, अब
यादै यादमा कुनको याद आउँछ !

राजेन्द्र तारकिणी
        बैतडी 
सुन्दुर सुदुर पश्चिम 
0 comments

मानबता को भावना, सिद्धिएको समाजमा छ

मानबता को भावना, सिद्धिएको समाजमा छ!
मुना मन सिग्देल ..
.मोरंग उर्लाबारी
कति सहयोगी मन, पिटिएको समाज छ!! 


ठुला बडाहरुको भोज हुन्छ त्यो महल भित्र!
छेउमा भोकमरीले, थिचीएको समाज छ!! 


आधुनिकताको बाहानामा बिग्रेको सस्कृति!
हेर आफ्नु पन पनि, उजाडिएको समाज छ!!


हत्या हिंसा आत्याचारले शिमाना नाघे पछी !
युबा शक्ति हरु सबै, बिदेसिएको समाज छ!!


बुद्ध जन्मिएको देशमा अशान्ति फैलि अब!
कयौं नारीको सिउदो पुछिएको समाज छ!!


मुना मन सिग्देल ..
.मोरंग उर्लाबारी =४
हाल -ईजरायल
0 comments

मै हुँ भन्ने मान्छे पनि, भित्र भित्रै ढलेकै छ॥

मै हुँ भन्ने मान्छे पनि, भित्र भित्रै ढलेकै छ॥
"बिखर्ची राम"
चितवन, माडी,नेपाल

थोरै अतित छुवाई दिँदा,अनायासै गलेकै छ॥

हेर्दा शान्त सागर झैं,एकान्तमा छटपटीले।
छातीभित्र अग्नि ज्वाला,दिनरात जलेकै छ॥

यो संसारको रित यस्तै,जीवनरथ धान्न लाई।
जस्तोरोप्यो जिन्दगी यो,सँधै उस्तै फलेकै छ॥

कर्म गर्न छाडी सबले, आदर्श झन् भजाएर।
सबै भन्छन योभाग्यले,आफैंलाई छलेकै छ॥

देशै छाडी मुग्लानमा, भासिएछ राम भन्छौ?
छामीहेर मेरो धड्कन,तिम्रै निम्ति चलेकै छ॥

"बिखर्ची राम"
चितवन, माडी,नेपाल
हाल:मरुभूमिको छातीबाट
0 comments

सबै लग्यो बाढीले यो पीर बगाएन

सबै लग्यो बाढीले यो पीर बगाएन
गौरब श्रेष्ठ “मनकुरा”
हरिबन ५


आभाबमा डडेको लकिर बगाएन

बास बग्यो लाश नि आँखा अघाडिनै
आतंकले छापेको तस्बिर बगाएन

झनै थप्यो कालिले ब्यथा दर्चुलाको
प्रकृतिको अन्याय जन्जीर बगाएन

भन्ने गर्थे सुर्ये नि डुब्नै मात्र आउछन्
साचै रैछ पश्चिमको तक्दिर बगाएन


गौरब श्रेष्ठ “मनकुरा”
हरिबन ५ सर्लाहि
जनकपुर
0 comments

रुढी बढी समाजमा खलबल बने म ।

रुढी बढी समाजमा खलबल बने म ।
सुमित्रा अधिकारी "शिरु"गोरखा
मद्होस पार्ने जवानीले पागल बने म ।।

यी आँखामा छायौ तिमी मुटु भित्रै पस्यौ ।
नजानिदो तवरले फसी कायल बने म ।।

हावा सरि उडी दिन्थें तिम्रो साथ पाए त ।
डुल्छ यो मन गगनमा बादल बने म ।।

हृदयको ढुकढुकीले बोलाउछ तिम्लाई ।
भासिए झैँ भयो मुटु असफल बने म ।।

नजरमा जादु रैछ भुतुक्कै पार्ने रुप नि ।
नछुट्ने गरी यै मायामा अटल बने म ।।

सुमित्रा अधिकारी "शिरु"
        गोरखा
0 comments

कति माया गर्छु तिमिलाई छैन कुनै सिमा

कति माया गर्छु तिमिलाई छैन कुनै सिमा 
शान्ति पाख्रिन तामांग 
नुवाकोट त्रिसुली ८
हरेक रात पाउछु तिमिलाई मेरो सपनीमा
चोट लाग्दा तिमिलाई पिडा हुन्छ मलाई
कहीले बुज्छौ मेरो माया सोच्छु अधेरिमा
सुरु हुन्छ मेरो दिन रात पनि तिमी बाट
राखेकि छु तिमिलाई यो मन्को तरेलीमा
हावा बहुन्जेल अनि यो ढुकढुकी चलुन्जेल
गरिरहन्छु सधै माया सजाई राखी छातीमा
अमर होस् हाम्रो माया कहीले पनि नमर्ने
लेख्ने छैन कथा बनाइ सादा रुपी कापीमा

शान्ति पाख्रिन तामांग 
नुवाकोट त्रिसुली ८
राइसिङ बजार
हाल इजरायल
0 comments

सोझा सिधा जनतालाई नचाउन सक्छौ अब

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
सोझा सिधा जनतालाई नचाउन सक्छौ अब
निर्दलको हल्ला खल्ला मचाउन सक्छौ अब

जाली,झेली,कुकर्मी र अपराधी भए पनि
बन्धु बान्धव रैछन भने बचाउन सक्छौ अब

विरुद्धमा बोले भने गोर्खे लौरी उजायेर
प्रहार गर्दै ढाड सबको भँचाउन सक्छौ अब

रुघा मात्रै लागे पनि शाखासन्तान जम्मा गर्दै
बिदेश तिरै पुर्याएर जँचाउन सक्छौ अब

यो देशको महामात्य जे गर्न नि हुन्छ भन्दै
कोष जति रित्याएर पचाउन सक्छौ अब

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
0 comments

दार्चुला बासी एक गास खोजि रहेछन !

दार्चुला बासी एक गास खोजि रहेछन !
हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी 

बेलुका सुत्नलाई वास खोजि रहेछन !!

धन र जन जति सबै कालीले खाएसी !
बाढी संगै बेपत्ता लास खोजि रहेछन !!

बारी अनि बसोबास भए जति बगेपछि !
केही राहत पाउने आस खोजि रहेछन !!

सबै लग्यो लाउने खाने बाँकी छैन केही !
ओढ्ने ओछ्याउने कपास खोजि रहेछन !!

यत्रो घटना हुदा वास्ता नगर्ने टाउके !
सरकार संग केही खास खोजि रहेछन !!

हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम
0 comments

दैव तिमी निष्ठुर रैछौ सास लुट्यौ किन

दैव तिमी निष्ठुर रैछौ सास लुट्यौ किन
कोमल भट्ट
पुरानो नैकाप -७ ,काठमाडौँ

विचरा ! ती निर्दोषको बास लुट्यौ किन

लह लह धान झुल्थे हरियाली फाँट

ढुङ्गे बगर बनाएर गाँस लुट्यौ किन

चारैतिर कोलाहल छ को को पुगे कता
बाबु आमा सन्ततिको पास लुट्यौ किन

घर बारै बग्यो जम्मै गर्ल्याम गुर्लुम ढल्दै
हाड खोरै भेटिएनन लास लुट्यौ किन

मिलिजुली बस्थे सबै दु:ख सुख बाँड्दै
हाँस्दै खेल्दै खुसी हुन्थे रास लुट्यौ किन

छिटो राहत बाँड सरकार भन्छ "कोमल" मन
सुन पुकार निमुखाको आश लुट्यौ किन

कोमल भट्ट
पुरानो नैकाप -७ ,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क
५ असार,२०७०
0 comments

कती डिस्को धाउछेउ नानी भविष्य नी हेर ,

कती डिस्को धाउछेउ नानी भविष्य नी हेर ,सस्तो माया पाउछेउ नानी भविष्य नी हेर ।
शान्ति अधिकारी

बटो धेरै थरी हुन्छन् जिन्दगीलाई हिडाउने ,
कस्तो बाटो अपनाउछेउ नानी भविष्य नी हेर ।
धर्मशाला जस्तै ठानि सुस्ताउन खोज्दा धेरै ,
कता तिर छाउछेउ नानी भविष्य नी हेर ।
दु ख पिडा हासो खुसी गीत तिम्रो जिन्दगीका ,
कस्ता गीत गाउछेउ नानी भविष्य नी हेर ।

साह्रै सस्तो पारी जिवन जता धन देख्यो त्यतै ,
किन माया लाउछेउ नानी भविष्य नी हेर ।
शान्ति अधिकारी
बाके २०७०
0 comments

गजल-संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला

संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला !  
जीवनमा एक्लै छोडे धुरुधुरु रुन्छु होला !! 

देउरालीको बर साक्षी फूलपाती चढाएर ! 
खाएका कसम तोडे धुरुधुरु रुन्छु होला !! 

दुई आत्माको मिलन रैछ हाम्रो माया भनी ! 
जोडिएको मुटु फोडे धुरुधुरु रुन्छु होला !! 

सयौ जुनी संगै मर्ने संगै बाँच्ने भनीकन ! 
पराइको बारी गोडे धुरुधुरु रुन्छु होला !! 

उकालीको चौतारीमा हात थामी संगै जादा ! 
अर्कै खोजी नाता जोडे धुरुधुरु रुन्छु होला !! 
हरि सिंह माल "मुस्कान" 
गोकुलेश्वर ,बैत
0 comments

एउटा चिठ्ठिको, उत्तर आएको छ

एउटा चिठ्ठिको, उत्तर आएको छ ।। 
उत्तर के भनौं , जहर आएको छ ।।

हिजो केहि वर्ष, कुरेर बस भन्नेको 
फेरीएको जवाफ, भर्खर आएको छ ।।

प्रेमको सिमा हुँदैन, भन्ने गर्थी उ
हो त्यो अठोटमा, बदर आएको छ ।।

आँखा चिम्लेर मुटुमा, बास दिँदाखेरी
हत्यारा मनसाय, बर्बर आएको छ ।।

मायाँको सागरमा, खडेरि परेछ नी
पत्थरहरु लिइकन, बगर आएको छ ।।

शीतालाई राम, अस्विकार भएपछी त
श्रद्धाञ्जलिहरुका लास्कर आएको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
0 comments

संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला ........

संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला !
 हरि सिंह माल "मुस्कान" 
गोकुलेश्वर ,बैतडी  
जीवनमा एक्लै छोडे धुरुधुरु रुन्छु होला !!

देउरालीको बर साक्षी फूलपाती चढाएर !
खाएका कसम तोडे धुरुधुरु रुन्छु होला !!

दुई आत्माको मिलन रैछ हाम्रो माया भनी !जोडिएको मुटु फोडे  धुरुधुरु  रुन्छु होला !!

सयौ जुनी संगै मर्ने संगै बाँच्ने भनीकन !
पराइको बारी गोडे धुरुधुरु रुन्छु होला !!

उकालीको चौतारीमा हात थामी संगै जादा !
अर्कै खोजी नाता जोडे धुरुधुरु रुन्छु होला !!

 हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर ,बैतडी
सुन्दर सुदुर पश्चिम 
0 comments

एक बारको जुनी आशु पिएर जिउनुको के अर्थ

मिना पुमा राई 
खोटांग 

एक बारको जुनी आशु पिएर जिउनुको के अर्थ
हासो र खुसि छैन दु:ख लिएर जिउनुको के अर्थ

जस्लाई माने सारा मेरो प्राण अनि प्यारो ढुकढुकी
हर्यो दैबले दाग बत्ति दिएर जिउनुको के अर्थ

सागर जस्तै गहिरो थियो हिमाल भन्दा उच्च माया
फाटेर भयो धुजा धुजा सिएर जिउनुको के अर्थ

एकै रथका दुई पांग्रा भई गर्थौ हामि सहयात्रा
टुटेको साथ अर्ध पन खिएर जिउनुको के अर्थ

मिना पुमा राई 
खोटांग 
posted by हरि सिंह माल "मुस्कान"


0 comments

साँचो कुरा पनि तिम्ले झुट मान्यौ हिजो,

शान्ति अधिकारी
बाके २०६९
साँचो कुरा पनि तिम्ले झुट मान्यौ हिजो,
अर्तिबुद्धि दिनेलाई नै शत्रु ठान्यौ हिजो ।

सन्तानको कुभलो त चाहन्थ्यो र कस्ले ।
बाँण रुपि वचनका तिर हान्यौ हिजो ।

कति अन्धो हुदो रै छ जवानिमा मान्छे,
देउतालाई लत्याउदै ढुङ्गा छान्यौ हिजो ।

टाउकोमा हात राखि किन रुन्छौ आज ,
थोरै कुरा भन्दा पनि धेरै जान्यौ हिजो ।

कर्मको फल भोग्नै पर्छ दोष दिन्छौ कस्लाई ,
चुरोट अनि जाँड रक्सि सबै तान्यौ हिजो ।

शान्ति अधिकारी
बाके २०६९

posted by हरि सिंह माल "मुस्कान"
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. हाम्रो बैतडी.ब्लगस्पोट.कम. - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger