Saturday, October 12, 2013

अभावै अभावमा सधाभर जलेर..........

अभावै अभावमा सधाभर जलेर
पूर्ण कान्छा गुरुङ 
ओखलढुंगा
नफुल्दै जवानी गयो लौ ढलेर 

सुने नौ तिमीले यसो भन्छ कोही 
हरे राम बित्यो दिन लिपिस्टिक दलेर 

खुशीका पिपीरा रहेनन् नि मेरा 
उडायो सबै यी बतास झन् चलेर 

न रुने न हाँस्ने बनायो उसैले 
उसैको छ माया म भित्रै बलेर 

तिमीले नि मै माथि पो बान पठायौ 
अझै सम्म बाच्या छु त्यो बान छलेर 

१२२ १२२ १२२ १२२

पूर्ण कान्छा गुरुङ 
ओखलढुंगा

No comments:

Post a Comment

we will touch you back soon .