Sunday, October 6, 2013

गीत मायाको पीरले नै रोगी बनायो मलाई

गीत 

मीना पुमा राई
खोटाङ्ग


मायाको पीरले नै रोगी बनायो मलाई 
शरिरै सुम्पी दिए जोगी बनायो मलाई 

घरि घरि दुख्छ यो मुटुको आलो घाउ 
छैन कतै यो मन बुझाउने अर्को ठाँउ
उहि सम्झनाले भोगी बनायो मलाई
शरिरै सुम्पी दिएँ जोगी बनायो मलाई

छोडेर मलाई गयौ तिमी पराइको गाउँ
घर न् घाट बनायौ मलाई अब कहाँ जाउँ
कल्पनामा हराउने बियोगी बनायो मलाई
शरिरै सुम्पी दिए जोगी बनायो मलाई

मीना पुमा राई
खोटाङ्ग

No comments:

Post a Comment

we will touch you back soon .