Friday, December 14, 2012

गाउँमा किन मेरो नामै भएन॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
गाउँमा किन मेरो नामै भएन॥
खरानी घसेर नि कामै भएन॥

पैसाको खेल खेल्ने यो समजमा॥
परिचित हुनलाई दामै भएन॥

जुलुस निकालेर हिड्ने मान्छेको॥
बाटोमा हिजो आज लामै भएन॥


स्वर मच्चाएको थेँ मैले पनी त॥
तर खै किन चक्का जामै भएन॥

सँसार कलियुग पापमा डुब्दा॥
धार्मिक स्थल पनि धामै भएन॥

"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम


posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .