Friday, December 14, 2012

मैले रुँदा मुस्कान अनि, ताली

राम शरण श्रेष्ठ

चिसापानी रामेछाप 
मैले रुँदा मुस्कान अनि, ताली थियो उता ।।
मैरो होईन उस्कै मायाँ, जाली थियो उता ।।

नाटक पनि ठुलै गर्यौ, मै हुँ तिम्रो भन्दै
बास्तबमा तिम्रै मन , खाली थियो उता ।।


पर्खाएर यत्रो बर्ष, आज बिहे अर्के सँग
पंचेबाजा तमास , खुसियाली थयो उता ।।

थाहा छैन केमा बिक्यौ, फसाएर मलाई
कोहि अरु अति प्रभाबसाली, थियो उता ।।

तिरस्कारभो मेरो मायाँ, काँचुलिनै फेरेपछी
नयाँ साथी स्वगतमा पूजा, थाली थियो उता ।।

ठिकैछनि जान्छौ भने, चाहा अब तिम्रो छैन
अस्ताउँदै म छु झुल्के, लाली थियो उता ।।


राम शरण श्रेष्ठ

चिसापानी रामेछाप 

posted by हरिसिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .