Friday, December 14, 2012

त्यो तितो अतितका कहानि थुप्रै छन..!!

लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम
त्यो तितो अतितका कहानि थुप्रै छन..!!
आँशुले भिजेका सिरानि थुप्रै छन..!!

म, म भित्रै कुण्ठित छुँ वियोगमा..
यदपि सुनौला विहानि थुप्रै छन..!!

बल्झिन्छन घाउ, तिमीले छोडेका..
मुटुमा खत र निशानि थुप्रै छन..!!

म पनि हुँ तिमी मात्र होईनौ दोषि..
साँच्चै प्रेममा बैमानि थुप्रै छन..!!

मायाका भोका 'मिलन' को हालतमा..
विछोडमा जलेर खरानि थुप्रै छन..!!

लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम
हाल- मुम्बई


posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .