Friday, December 14, 2012

बिराहमा गुन्जिने गित भए आज ...

आरती केसी झापा 

बिराहमा गुन्जिने गित भए आज 
दु:ख अनि पीडाको मित भए आज !!

चिसो चिसो हावाको बेग संग लडी 
तप्प तप्प चुहेनी सित भए आज !!

अनायासै सदैब चोट खाए पछी 
आफै बाट म पराजित भए आज !!

यो स्वार्थि दुनियाले जति बेला पनि 

बिना अर्थ चलाउने रित भए आज !!

भाग्यले ठगिएकी भएर त होला
कसै कसैको त अतित भए आज !!!!


आरती केसी झापा 


posted by हरि " माल मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .