Friday, January 13, 2023



गजल 

बिरानो ठाउँ प्रदेसी मान्छे अहिले नि आउदिन !

अर्कैको ठाउँमा नोकरी गर्नु छुट्टि नि पाउदिन !! 

 

मलाई नै पर्खि नबस्नु दिदी तिहारको दिनैमा !

नउने बैनी फुलको माला अहिले नि लाउदिन !!

 

थालमा टिका दैलो मा ओखर राखेर रोइ होलि !

खेल्नु है साथि धौसि र भैलो म भने गाउदिन !! 

 

रंगी र चंगी त्यो दियो बत्ति बाले है आगनमा !

दिनहरु गन्दै बसेछु प्रिया अहिले त धाउदिन !!

 

नरुनु आमा मलाई नै सम्झी त्यो झुप्रो दैलोमा !

नतिरी ऋण झुपडी घरको छाना त्यो छाउदिन !!

 

हरि सिंह माल "मुस्कान"

गोकुलेश्वर , बैतडी 

सुन्दर सुदुर पश्चिम 

हाल : सात समुद्र पारि बाट

No comments:

Post a Comment

we will touch you back soon .