Saturday, October 12, 2013

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा

न मुछ्नु आमा दहीमा टिका आउदिन दशैंमा !
निधारको टिका कानमा जमरा लाउदिन दशैंमा !!
हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर बैतडी

यसपाली पनि परदेशी भयो घर आउन सकिन !
बाबाको आशिष आमाको माया पाउदिन दशैंमा !!

रंगी र चंगी गाउँ घर होला दशैं र तिहार मा !
म आउने बाटो नहेर्नु आमा धाउदिन दशैंमा !!

संगैका साथि पिङ खेल्दै गर्नु  रमाई रमाई !
सारंगी रेट्दै दोहोरी भाका गाउदिन दशैंमा !!

हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर बैतडी
सुन्दर सुदुर पश्चिम

2 comments:

we will touch you back soon .