Tuesday, December 11, 2012

श्रस्टाका रचना

रबिन प्रधान "प्रतिक"
खोटाङ्

गजल

जाग उठ नारि तिम्रो शिर झुक्नु हुन्न !
दासी बनि अँध्यारोमा अब लुक्नु हुन्न !!

सुनौला ति बिहानीको खोजि गर्दै हिंड !
भेटिने छ भबिष्य नि आफैं चुक्नु हुन्न !!

इतिहास कोर्न सिक कलम ति समाई !
लेख अझै पाईला ति कतै रुक्नु हुन्न !!

बेदनामा खोलि जस्तै बगे होला कति !
अमुल्यका आँशु अब त्यसै सुक्नु हुन्न !!

रबिन प्रधान “प्रतिक”
खोटाङ्
 —
posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .