Wednesday, December 12, 2012

किन एस्तो लाग्छ मलाई........



खकेन्द्र साउद "समर्पण "
अछाम 
जहाँ गएनी फर्केरै आउछौ होला नि !
ऐले न"भा नि सबेरै आउछौ होला नि !!

मेरो जसरि हजुर लाई नि कहिँ कतै !
सम्झिदै कति खेरै आउछौ होला नि !!

साच्चै हजुर म देखि रिसाको नै हो त !
भाइ लाइ कल्पेरै आउछौ होला नि !!

एका बिहानै बाबु भन्दै ओछ्यान तिर !
खाजा लिएर धेरै आउछौ होला नि !!

आखिरमा जति निष्ठुरी भए नि तपाइँ !
एकपल्ट त सम्झेरै आउछौ होला नि !!

किन एस्तो मलाई लागि"राछ ऐले !
भाई समर्पण बोलेरै आउछौ होला नि !!


खकेन्द्र साउँद "समर्पण"
   अछाम 
posted by : हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .