Thursday, December 13, 2012

कति धेरै माया गर्यौ धड्कन बढ्न थाल्यो !


कति धेरै माया गर्यौ धड्कन बढ्न थाल्यो !
बैशालु त्यो  जवानीको मात चढ्न थाल्यो !!

कसम खायौ जुनी भरी एकै साथ बिताउने !
छोडी गयौ दोधारमा प्रेम पत्र पढ्न थाल्यो !!

देखाएर सपना सारा बीच बाटोमै छोडी गयौ !
पिरतीको तिखो काडा मुटुभित्र गढ़न थाल्यो !!

तिम्रै त हो जोवन भनी आशा दियौ पर्खी बसे !
बैगुनीको भरमा परी जीवन त्यसै सढ़न थाल्यो !!

हरि सिंह माल "मुस्कान"                                   हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर ,बैतडी                                           गोकुलेश्वर ,बैतडी 

No comments:

Post a Comment

we will touch you back soon .