Saturday, December 15, 2012

मर्नु बाँच्नुको दोसाँदमा पुर्याएर गयौ

नीरस मैनाली
काठमाडौँ 

मर्नु बाँच्नुको दोसाँदमा पुर्याएर गयौ
आफूबाट धेरै टाढा हुर्याएर गयौ

माया गर्थें आफै भन्दा बढी तिमीलाई
तर किन हाम्रो माया तुर्याएर गयौ

फक्रिन के खोजेकोथ्यो उखालेरै जरो
कलिलैमा बोट फेरी झुर्याएर गयौ

आरिसे ति जल्थे देखि हाम्रो माया प्रिती
उनिहरुकै सामुन्नेमा घुर्याएर गयौ

तिमीले नै भन्या भए आफै टाढा हुन्थें
'नीरस' पिट्न अर्कैलाई सुर्याएर गयौ

नीरस मैनाली 
काठमाडौँ 

posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .