Saturday, December 15, 2012

महिनौ देखि यो फोटोमा जलेकोछु म।

तिलक अनुरागी
झापा 
महिनौ देखि यो फोटोमा जलेकोछु म।
बाहिर सक्लो तर भित्र गलेको छु म।

नजरको वाणले मेरो मुटु छेद गर्दा ।
बुढो रुख ढले सरी ढलेको छु म।

सपनिमा झल्झलि उनको यादले।
विच्छ्यौनामा धेरै चोटि चलेकोछु म।

रुप चोखो मनै चोखो पवित्रछ मन।
मन्द मुस्कान लाली ओठले बलेकोछु म।

तिलक अनुरागी
झापाःतोपगाछि


posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .