Saturday, December 8, 2012

गजल,


हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर ,बैतडी 
पिरतीको जालैमा तिमीलाई फसाउने छु !
त्यतै आई तिमी संग घरबार बसाउने छु !!



पर्खी बस आगनीमा घुम्टो ओढी पछ्यौरीको !
सिन्दुरले सिउदो भरी मुस्कानले हसाउने छु !!


ब्यर्थै चिन्ता नगर है म त हु नि तिम्रै काले !
माहुरीको मह जस्तै प्रेम रस चुसाउने छु !!


सपनी र बिपनीमा तिमीलाई सम्झेको छु !
चोरेर सुटुकै आउछु जुम्राले झैँ डसाउने छु !!


बोकेका यी सपना सारा महल त्यो बनाउन !
झुपडीमा बस्दा पनि कमेरोले घसाउने छु !!


हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी

No comments:

Post a Comment

we will touch you back soon .