Saturday, December 8, 2012

गजल,

हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर ,बैतडी 
घेरेको थे मायाको बारले तोडी गयौ प्रियसी !

मलाई बीच बाटोमा एक्लै छोडी गयौ प्रियसी !!

राखेको थे मनमन्दिरमा तिमीलाई सजाएर !

अर्कैसंग नाता साईनो जोडी गयौ प्रियसी !!

धड्कन अनि आँखामा तिमि नै तिमी देख्छु !

बल्ल बल्ल जोडेको मुटु फोडी गयौ प्रियसी !!

तिमी आउने त्यो देउरालीमा पर्खी बसेको छु !

चौतारीमा देखेपछी बाटो मोडी गयौ प्रियसी !!

चौतारीको बर साक्षी बाँचा कसम खाएका थे !

एक्लै छोडी पराईको घुम्टो ओडी गयौ प्रियसी !!

हरि सिंह माल "मुस्कान"

गोकुलेश्वर ,बैतडी

No comments:

Post a Comment

we will touch you back soon .