Sunday, October 6, 2013

नटाल मुटु उध्रिन सक्छ

गजल
जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

नटाल मुटु उध्रिन सक्छ 
पुरानो घाऊ बल्झिन सक्छ||

नमाग जून उ संग तिमी
नझार्न सक्छ नदिन सक्छ||

छाडेर नजाउ त्यो मुटु यहाँ
सम्हाली राख टुक्रिन सक्छ||

तोकेर सिमा गजलको क्षेत्र
अबोध बालख उफ्रिन सक्छ||

बैसाखी टेक्दै हजुर हिन्नुस्
गाँउले आँफै उभ्भिन सक्छ||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी

No comments:

Post a Comment

we will touch you back soon .