Sunday, October 6, 2013

गजल भन्छ मुर्ख आकासमा घर बनाउछु ,

  • गजल
    शान्ति अधिकारी
    बाके २०७०


    भन्छ मुर्ख आकासमा घर बनाउछु , माया गर्ने मायालुलाई पर बनाउछु ।
    चमत्कार भनु या त ज्ञान बिज्ञानको, गफै लायो नारीलाई नर बनाउछु ।
    बिनास नै गर्ने भयो उल्टा बुद्घि लगाई, भन्छ अझै पिपलुलाई बर बनाउछु ।
    रोजगारी दिलाउछु पर्ख युवा वर्ग , आकास धर्ति जोड्नलाई डगर बनाउछु ।
    नागासाकी हिरोसिमा ध्वस्त पारे जस्तै ‘शान्ति’लाई तर्साउने डर बनाउछु ।
    शान्ति अधिकारी बाके २०७०

No comments:

Post a Comment

we will touch you back soon .