Tuesday, September 24, 2013

गजल जती चोट दिन्छौ देउ छाती थापी सहुँला म

गजल 

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी 

जती चोट दिन्छौ देउ छाती थापी सहुँला म 
छोडी जाने भए जाउ प्रतिक्षा मै रहुँला म|१| 

यही बेला पोखीहाल गुनासो छ भने केही
के भरोषा जिन्दगीको भोलि हुँला नहुँला म|२|

छाती भित्रै गाँठोपार नखोल भो वेदना ती
मुटु नै छ मेरो पनी भावनामा बहुँला म |३|

के सुन्छौ खै दु:खभरी काहानी छ जिन्दगीको
सुन्ने भए चुपचाप बस भोगे जती कहुँला म|४|

बे ठेगान जिन्दगी छ लक्ष बिहिन "गाँउलेको"
जता लान्छ जिन्दगीले उता उतै जहुँला म|५|

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
हाल- साउदी अरब

No comments:

Post a Comment

we will touch you back soon .